आइतबार, कार्तिक ९ गते २०८३

अन्नपूर्ण सहकारीद्वारा सदस्यहरुलाई एक महिने सौन्दर्य तालिम प्रदान


जेठ १४, २०८२ बुधबार
अन्नपूर्ण सहकारीद्वारा सदस्यहरुलाई एक महिने सौन्दर्य तालिम प्रदान


अन्नपूर्ण बहुमुखी सहकारी संस्थाले सदस्यहरुलाई सौदन्य तालिम दिएको छ । संस्थाको आयोजना तथा मध्यपूर थिमी नगरपालिका वडा नं ३ को लागत साझेदारी र क्रियटीभ ब्यूटी पार्लर तथा ट्रैनिङ सेन्टर गठ्ठाघरको समन्वय सदस्यहरुलाई हेयर कटिङ तथा स्टाइलिङ तालिम दिएको हो ।

  गत  बैशाख ७ गते देखी   जेष्ठ ११ गते सम्म संचालित एक महिने सौन्दर्य तालिममा २० महिला सदस्यहरुको सहभागिता रहेको थियो । 
 मध्यपूर थिमी वडा नं ३ का वडा अध्यक्ष  कृष्णहरी आर्चायको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष  श्याम सुन्दर वस्नेतको अध्यक्षतामा तालिम समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।

 सो कार्यक्रममा मध्यपुर ठिमी नगरपालिकाका उध्योग सहकारी तथा रोजगारी प्रबधन शाखा प्रमुख अभेन्द्र रन्जित्,सन्योजक अरुणा कार्कीको समेत विशेष आतिथ्यता रहेको थियो । सो तालिम को सहजीकरण क्रियटीभ ब्यूटी पार्लर तथा ट्रैनिङ सेन्टर गठ्ठाघरका  सञ्चालक शान्ती श्रेष्ठले गरेकी थिइन्।

कार्यक्रमको संचालन संस्थाकी  व्यवस्थापक शोभा अधिकारीले गरेकी थिइन् ।  सदस्यहरुमा सीप विकास गरी स्वरोजगार बनाउने उदेश्यका साथ वडासँगको सहकार्यमा तालिम गरिएको व्यवस्थापक अधिकारीले बताइन् । शहरी क्षेत्रमा सौन्दर्यलाई पनि प्राथमिकता दिन थालेकाले यस्तो प्रकारको तालिमले सदस्यहरुलाई व्यवसायिक बन्न थप सघाउने उनको भनाई छ । 

501317598_1393607568619227_6247089350987029203_n.jpg