आइतबार, आश्विन १८ गते २०८३

बीमा प्राधिकरणले सुरु गर्यो बीमा कम्पनीहरूको मासिक विश्लेषणात्मक तथ्यांक प्रकाशन


जेठ ११, २०८२ आइतबार
बीमा प्राधिकरणले सुरु गर्यो बीमा कम्पनीहरूको मासिक विश्लेषणात्मक तथ्यांक प्रकाशन

नेपाल बीमा प्राधिकरणले  ‘बीमा प्रतिबिम्ब’ प्रकाशन गर्न शुरू गरेको छ ।  प्राधिकरणले बीमा क्षेत्रका मुख्य मुख्य तथ्यांकहरूको विश्लेषण सहितको मासिक तथ्यांक संस्करण प्रकाशन सुरु गरेको हो । 

बीमा कम्पनीहरूको वित्तीय अवस्था, बीमा पहुँच, बीमा दाबी, दाबी फछ्र्यौट, बीमालेख संख्या, बीमाशुल्क संकलन लगायत बीमा क्षेत्रका प्रमुख सूचकहरूको अध्ययन गरी विश्लेषणात्मक तथ्यांक संस्करण मासिकरूपमा प्रकाशन गर्न शुरू गरिएको हो ।  बीमा क्षेत्रको पारदर्शिता, जवाफदेहिता तथा नीतिनिर्माणका लागि आधार तयार हुने अपेक्षाका साथ मासिकरूपमा बीमा क्षेत्रको विश्लेषणात्मक तथ्यांक संस्करण प्रकाशन गर्न शुरू गरिएको  प्राधिकरणले जनाएको छ ।

 बीमा क्षेत्रको विश्लेषणात्मक तथ्यांक संस्करणबाट बीमक, नीतिनिर्माता, अनुसन्धानकर्ता र आम नागरिकलाई बीमा क्षेत्र सम्बन्धी समग्र जानकारी प्राप्त हुने र यसको नियमित प्रकाशनबाट बीमा क्षेत्रमा भएका प्रगति, विद्यमान चुनौती तथा नीतिगत आवश्यकताहरू पहिचान गर्न समेत मद्दत पुग्ने विश्वास  प्राधिकरणको छ ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्मको मासिक तथ्यांक संस्करणमा यस अवधिमा जारी भएका बीमालेख संख्या, बीमाशुल्क संकलन, दाबी भुक्तानी विवरण, समर्पण तथा व्यतित विवरण, बीमकका शाखा कार्यालय तथा कर्मचारी संख्या, बीमकको लगानी विवरण, कूल बीमालेख संख्या, बीमाशुल्क संकलन र सोल्भेन्सी अनुपात लगायतका विवरण समावेश गरिएका छन् ।