आइतबार, कार्तिक ९ गते २०८३

मधेश प्रदेशमा साकोस गोष्ठी, स्तरीकरण कार्यक्रम मार्फत साझा सञ्जालमा आवद्ध हुने


बैशाख २९, २०८२ सोमबार
मधेश प्रदेशमा साकोस गोष्ठी, स्तरीकरण  कार्यक्रम मार्फत साझा सञ्जालमा आवद्ध हुने

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून )को आयोजनामा  मधेश प्रदेश स्तरीय साकोस गोष्ठी  सम्पन्न भएको छ । पाँच बुँदे साझा प्रतिबद्धता पत्र जारी गरि कार्यान्वयमा सहमती गर्ने गरी गोष्ठी सम्पन्न भएको  हो । 

गोष्ठीले मधेश प्रदेश भित्रका २१५ जना सहकारी संघसंस्थाहरुका सञ्चालक समिति एवम व्यवस्थापनको प्रतिनिधित्व सहित बचत तथा ऋण सहकारी संस्थाहरुको उत्साहलाई उर्जावान बनाउने अभिप्राय राखी प्रदेश स्तरीय गोष्ठी आयोजना गरेको नेफ्स्कूनले  जनाएको छ । प्रदेशभित्रका बचत तथा ऋण सहकारी संस्थाहरुबीच विद्यमान सहकारी कानूनी संरचनाको विषय, आन्तरिक नियन्त्रण प्रणाली र बचत तथा ऋण सहकारीको आगामी कार्यदिशाका बारेमा वृहत छलफल गरी सहकारी क्षेत्रका  साझा चुनौती र सम्भावनाका विषयमा गोष्ठी मार्फत मार्ग प्रशस्त गरिएको थियो ।

 गोष्ठीले अघि सारेको साझा प्रतिबद्धता पत्रमा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को वृहत लक्ष्य अनुरुप आयोजित बचत तथा ऋण सहकारी संघ संस्थामा सुशासन प्रवर्द्धन, नियामकीय सन्दर्भ र अभियानको आगामी मार्गचित्रका विषयमा विषय विज्ञहरुद्धारा प्रस्तुत भएका कार्यपत्रहरु, विज्ञहरुबाट टिप्पणी र सहभागीहरु बीच साझा बुझाई निर्माण गरी गोष्ठीका हामी सहभागीहरुले आफ्नो संघरसंस्थामा लागू गर्ने र अभियानमा एकाकार भई प्रस्तुत विषयहरुमा सहमत भई यो प्रतिवद्धता पत्र २०८२ लागू गर्ने र  आफ्नो  संघ/संस्थाले अभियान मार्फत मार्गदर्शन गरिएका चरणवद्ध रणनीतिहरुलाई प्राप्त उपलव्धिहरुका आधारमा आगामी दिनहरुमा पनि अनुशरण गर्दै अघि वढ्न प्रतिवद्ध  हुने जनाइएको छ ।  

  संघ/संस्थाहरु भित्र आन्तरिक नियन्त्रण प्रणालीलाई सशक्त बनाउन जोखिम सुपरिवेक्षण गराई लेखा सुपरिवेक्षण समितिको भूमिकालाई सुपरिवेक्षकको रुपमा,आन्तरिक नियन्त्रकको रुपमा,आन्तरिक लेखापरीक्षण गर्ने गराउने अङ्गको रुपमा एवम् संगठनको समग्र मार्गदर्शकको रुपमा खेलेको भूमिकालाई अझ प्रभावकारी बनाई संस्थागत सुशासन कायम  रख्ने,  नेपालको बचत तथा ऋण सहकारीको प्रवर्द्धन विकास व्यावसायिकीकरण,गुणस्तर विकास र सञ्जाल व्यवस्थापनको हरेक चरणहरुमा सहभागिता जनाउने र सघ मार्फत स्थानीय तह देखि संघीय तह सम्म साकोस मैत्री कानून निर्माण तथा परिपालनाको पहलकदमीमा ऐक्यवद्ध  हुने उल्लेख छ ।

त्यसैगरी  सहकारी  संघ/सस्थाहरुको वित्तीय, सदस्यता, आन्तरिक सञ्चालन र सिकाइ एवम् वृद्धिका विषयमा अभियानले विकास गरेको स्तरीकरणका कार्यक्रमहरु मार्फत साझा सञ्जालमा आवद्ध भई अद्यावधिक  गराउने र   साकोस अभियन्ताहरु सहकारी ऐन बमोजिम गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी विभाग, तहगत सरोकारवालाहरु,अन्तर्गत रही सहकारी मुल्य, मान्यता र सहकारी सिद्धान्तहरु अंगिकार गर्दै समाज परिवर्तनमा भएका क्रियाकलापहरुको निरन्तरताका लागि संघ मार्फत आफ्नो भूमिका निर्वाह गर्न प्रतिवद्ध रहेको प्रतिवद्धता पत्रमा उल्लेख छ । 

495565923_1879762849535609_261229168423070857_n.jpg

जनविश्वास र वित्तीय सुरक्षाको प्रत्याभूतिका लागि आर्थिक, सामाजिक र साँस्कृतिक उत्थानमा उल्लेखनीय योगदान पुर्याउने वचत तथा ऋण सहकारी संघरसंस्थाहरुको तर्फबाट माथि उल्लेखित बूँदाहरुलाई सामुहिक रुपमा लागू गर्न  सबै तयार रहेका छन् ।  नेफ्कूनका अध्यक्ष चन्द्र ढकालको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो । मधेश प्रदेश सरकारका अर्थ मन्त्री सुनिल कुमार  यादव गोष्ठीको प्रमुख अथिति रहेका थिए ।