आइतबार, कार्तिक ९ गते २०८३

भक्तपुर बचत संघको आयोजनामा रणनीति योजना निर्माण तालिम


बैशाख २९, २०८२ सोमबार
भक्तपुर बचत संघको आयोजनामा रणनीति योजना निर्माण तालिम

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र  भक्तपुरको अन्तर लगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा सहकारी संस्थाहरुको लागि रणनीति योजना निर्माण तालिम सम्पन्न भएको छ । तालिमको प्राविधिक सहयोग नेफ्स्कूनले गरेको थियो । दुई दिनसम्म सञ्चालित तालिममा सहभागीहरुलाई रणनीति निर्मांण सम्बन्धी व्यवहारिक तथा सैद्धान्तिक ज्ञान दिइएको थियो । 

   संघका उपाध्यक्ष हरिकृष्ण बल्लले हाल परिवर्तित ऐन, निर्देशन तथा मापदण्डलाई ध्यानमा राखी रणानीति योजना बनाउनु पर्नेमा जोड दिए । संस्थार्लेै महत्वकांक्षी योजना र अरुको नक्कल तथा प्रतिष्पर्धाले समस्या ल्याउने हुँदा  संस्थाको वस्तुस्थितीलाई बुझेर मात्र रणनीति योजना तय गर्नुपर्ने  उनले बताए । संघका कोषाध्यक्ष एवं अन्तर लगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छा भक्त घजुले संस्थाले तय गर्ने रणनीति योजनाको सफलता नै संस्था सफलताको आधार भएको बताए । उनले रणनीतिक योजनाको त्रैमासिक समीक्षा गर्दै समय परिस्थिती अनुसार योजनाहरु अद्यावधि गर्दै लानुपर्ने आवश्यकता  औल्याए ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले बजारमा लगानीको बातावरणा नभएकाले समुदायमा आधारित सहकारी संस्थाहरुमा तरलता बृद्धिले अधिक तरलतामा संस्था संचालन भइरहेको  बताए  ।उनले लगानी गरेका साँवा तथा व्याज असुलीमा सकस भई भाखा नाघेको ऋण बढदै गइरहेको  जनाए । संस्थाले रणनीति योजना निर्माण गर्दा आर्थिक पक्षलाई मात्र ध्यान नदिई गुणस्तरीय सदस्यता, सेवा र सुशासनका पक्षमा पनि ध्यान दिनुपर्ने  उनको भनाई थियो ।

उपसमितिका सदस्य राजकुमार लघुले तालिममा सहभागिहरुलाई धन्यावाद दिर्दै तालिमबाट सिकेका कुराहरु संस्थामा लागु गर्न आग्रह गरे । नेफ्स्कूनका  लेखा अधिकृत सरोज गणेशले तालिममा सहजीकरण गरेका थिए  । तालिममा संघका सदस्य संस्थाहरुबाट २० जनाको सहभागी रहेको थियो ।