बुधबार, भाद्र ३ गते २०८३

भारतद्वारा पाकिस्तानका ९ स्थानमा हवाइ हमला, ८ जनाको मृत्यु


बैशाख २४, २०८२ बुधबार
भारतद्वारा पाकिस्तानका ९ स्थानमा हवाइ हमला, ८ जनाको मृत्यु

 

पहलगाम आक्रमण र त्यसपछिको प्रतिक्रिया

२०२५ अप्रिल २२ मा भारतीय प्रशासित कश्मीरको पहलगाम क्षेत्रमा भएको आतंकवादी आक्रमणमा २६ जना, प्रायः हिन्दू पर्यटकहरू, मारिए। यस आक्रमणको जिम्मेवारी पाकिस्तानमा आधारित लश्कर–ए–तैयबा समूहसँग सम्बन्धित ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको थियो । भारतले यस आक्रमणलाई पाकिस्तानप्रेरित आतंकवादको उदाहरण मानेर कडा प्रतिक्रिया जनायो । जसमा इण्डस वाटर सन्धिको निलम्बन, पाकिस्तानी नागरिकहरूको भिसा रद्द, र कूटनीतिक सम्बन्धहरूमा कटौती लगायत थिए ।

‘अपरेशन सिन्दुर’ र यसको प्रभाव

७ अप्रिल २०२५ को बिहान झिसमिसेमा भारतले  ‘अपरेशन सिन्दुर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान–प्रशासित कश्मीरमा रहेका नौ स्थानहरूमा हवाई आक्रमण गर्‍यो। भारतले यी स्थानहरूलाई आतंकवादी पूर्वाधारको रूपमा चिन्हित गरेको थियो, जसमा जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबासँग सम्बन्धित ठाँउहरू रहेको भनिएको छ । 

पाकिस्तानी सेनाका प्रमुख जनरल सैयद असीम मुनीरले भारतद्वारा ७ अप्रिल २०२५ मा पाकिस्तान र पाकिस्तान(नियन्त्रित कश्मीरमा गरिएका हवाई आक्रमणहरूलाई ‘एक्स अफ वार’ भन्दै कडा प्रतिक्रिया जनाएका छन्। उनले पाकिस्तानको सार्वभौमिकता र क्षेत्रीय अखण्डता दुवैको उल्लंघन भएको भन्दै, कुनै पनि ‘दुस्साहसिक कार्य’ को पूर्ण र दृढ प्रतिकार गरिने चेतावनी दिएका छन्। जनरल मुनीरले पाकिस्तान तर्फ कम्तीमा आठ जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएको दाबी शैन्य प्रमुख  ।

युद्धको संघारमा दुई परमाणु शक्ति राष्ट्रहरू

यो घटनाले भारत र पाकिस्तानबीचको सम्बन्धलाई त तनावपूर्ण बनाएको नै छ। दक्षिण एशिया, खाडी राष्ट्र र चीनसम्म यसको असर पर्ने देखिन्छ । दुबै राष्ट्रहरूले एकअर्काको हवाई क्षेत्र बन्द गरेका छन्, कूटनीतिक सम्बन्धहरूमा कटौती गरेका छन् । सीमाक्षेत्रमा सुरक्षादस्ताको तैनाथी बढेको छ । 

विश्लेषकहरूले यो घटना केवल क्षणिक उत्तेजना नभएर दीर्घकालीन रणनीतिक प्रतिस्पर्धाको संकेत भएको आँकलन गरेका छन् । भारतले आतंकवादी समूहहरूलाई लक्षित गरेर आफ्नो सुरक्षा नीति कडा बनाएको छ, जबकि पाकिस्तानले आफ्नो सार्वभौमिकता र सुरक्षा सुनिश्चित गर्न बलियो प्रतिक्रिया जनाउने संकेत दिएको छ । विकसित घटनाक्रमहरूले परमाणु शक्तिसम्पन्न यी दुई राष्ट्रहरूबीचको तनावलाई अझ बढाउने सम्भावना छ। यस संकटले अन्तर्राष्ट्रिय समुदायलाई पनि चिन्तित बनाएको छ। संयुक्त राष्ट्रसंघ, अमेरिका, र चीनले दुबै पक्षलाई संयम अपनाउन आह्वान गरेका छन् ।