आइतबार, कार्तिक ९ गते २०८३

आयाम साकोस र बासुकी बचत समुहको संयुक्त आयोजनामा ८४ जनाले गरे रक्तदान


बैशाख २१, २०८२ आइतबार
आयाम साकोस र बासुकी बचत समुहको संयुक्त आयोजनामा ८४ जनाले गरे रक्तदान

ललितपुरमा रहेको आयाम बचत तथा ऋण सहकारी संस्था र बासुकी बचत समुहको संयुक्त आयोजनामा   रक्तदान कार्यक्रम  भएको छ। संस्थाले हिजो ल  आयोजना गरेको बृहत खुल्ला रक्तदान कार्यक्रम  स्वंयसेवी रकतदाताहरुले रक्तदान गरेका थिए ।

कार्यक्रममा बासुकी बचत समुहका सदस्यहरु ,आयाम बचत तथा ऋण सहकारी संस्थाका  सदस्य ,कर्मचारी तथा  संस्थासंग सम्बद्ध अन्य व्यक्तिहरू गरी ८४ जना रक्तदाताहरूले रक्तदान गरेको संस्थाले जनाएको छ ।  उक्त  कार्यक्रमको उद्घाटन  वडा नम्बर १४ का वडा अध्यक्ष  अमृत जंङ्ग महतले गरेका थिए। संस्थाले विगत  १२  वर्षदेखि  हरेक बर्ष  वृहत खुला रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ।

कार्यक्रममा संस्थाका प्रमुख  गणेश नेपालले रक्तदान  जीवनदान भएकोले  स्थानीयवासीलाई रक्तदान गर्नका लागि प्रोत्साहित  गर्ने गरेको बताए । संस्थाले सामाजिक उत्तरदायित्व अनुसार हरेक बर्ष रक्तदान गर्ने गरेको र विरामीको लागि अत्यावश्यक पर्ने रहत केहि मात्रामा भए पनि परिपूर्ति गर्ने कार्यमा सहयोग पुगेको उनको भनाई छ । मानिसको जीवन बचाउनको लागि  रगत अत्यावस्यक  पर्ने रगतको अहिले पनि अभाव रहेको उनको भनाई छ। स्वस्थ मानिसले हरेक ३ महिनामा रक्तदान गर्न सके रगत मागलाई पूरा गर्न सकिने भन्दै उनले सबैलाई नियमित रुपमा रक्तदान गर्न  आग्रह  गरे ।