आइतबार, कार्तिक ९ गते २०८३

बागमती प्रोस्कूनद्वारा यूवाका लागि वित्तीय शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

बैशाख १९, २०८२ शुक्रबार
बागमती प्रोस्कूनद्वारा यूवाका लागि वित्तीय शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

 
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कूनं)को आयोजनामा  युवाका लागि वित्तीय शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम  सम्पन्न भएको छ ।

संघमा आवद्ध सदस्य संघ/संस्थाको सञ्चालन सक्षमता विकासका लागि निरन्तर सक्रिय रहँदै आएको, आफ्नै पाठ्यक्रम विकास गरी वित्तीय साक्षरता सम्बन्धि  तीन वटा मोड्यूलहरुको प्रशिक्षक प्रशिक्षण प्रदान गरी ‘पूर्ण दक्ष वित्तीय साक्षरता प्रशिक्षक’ तयार गर्ने उद्धेश्यले प्रशिक्षण तालिम आयोजना गरिएको थियो । त्यसैगरी सहकारीमा आवद्ध यूवा सदस्यहरुलाई उनीहरुको रुची, क्षमता र आवश्यकताको आधारमा रोजगारी प्राप्त गर्न वा स्वरोजगार बन्न अभिप्रेरित गर्ने उद्धेश्यले विकास गरिएको “यूवाको लागि वित्तीय साक्षरता–प्रशिक्षक प्रशिक्षण” तालिममा ७ वटा जिल्लाका २६ वटा संघसंस्थावाट २९ जनाको सहभागिता  रहेको थियो । 

 उक्त तालिम कार्यक्रमको समापन समारोहमा संघका अध्यक्ष उद्धव सापकोटाले प्रमाणपत्र वितरण गर्दै ३ दिनसम्म सिकेका सम्पूर्ण ज्ञान सीप संस्थामा र समुदायमा यूवाको लागि वित्तीय शिक्षा केन्द्रित रही लागू गर्न आग्रह गरे । त्यसैगरी तालिममा सिकेकका कुरालाई  निरन्तर अभ्यास गर्नुपर्ने उनको भनाई छ । संघकका महासचिव गोविन्दप्रसाद काफ्लेले यूवा र वित्तसँग सम्वन्धित सम्पूर्ण सेवा सुविधा प्रदान गर्ने गरी संस्था संचालन गर्नुपर्ने वित्तीय ज्ञान दिनका लागि लक्ष्य र योजना सहित अघि बढ्न सुझाव प्रदान दिए । बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालको मुख्य प्रशिक्षण रहेको उक्त तालिममा कार्यक्रम अधिकृत द्धय नवराज घोरसाइने र विमला पुडासैनीले सहजीकरण गरेका थिए । 

495010986_662343966555238_5815482013795687427_n.jpg