आइतबार, कार्तिक ९ गते २०८३

हाम्रो जनकल्याण साकोसद्वारा स्थापना दिवसमा सदस्यलाई सम्मान


बैशाख १८, २०८२ बिहीबार
हाम्रो जनकल्याण साकोसद्वारा स्थापना दिवसमा सदस्यलाई सम्मान

दोलखाको चरिकोटमा  रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले बिविध कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । संस्था २९ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाका जेष्ठ शेयर सदस्य सम्मान तथा जेष्ठ सदस्य प्रोत्साहन खर्च बितरण गरेको जनाएको छ । त्यसैगरी यसै अवसरमा संस्थाका उद्यमी सदस्य सम्मान तथा हाम्रो जनकल्याण सञ्चारकर्मी फेलोसिपमा सहभागी पत्रकारहरुलाई प्रशंसापत्र बितरणका साथै हाम्रो जनकल्याण सदस्यको आवाज २०८२ समेत बिमोचन गरेको छ ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य, भरत बहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो भने बागमती प्रोस्कूनका बरिष्ठ उपाध्यक्ष जिवसराज खडका, जिल्ला सहकारी संघका अध्यक्ष देवीप्रसाद शर्मा, भीमेश्वर नगरपालिका ५ का वडा अध्यक्ष बासु श्रेष्ठको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न निकायका प्रतिनिधि, अन्य सहकारी संस्थाका पदाधिकारी तथा संस्थाका सल्लाहकार, पदाधिकारी, लेखा सुपरीवेक्षण समितिका सदस्यहरु, उपसमिति सदस्यलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बचत तथा ऋण कारोबार मार्फत सदस्यको समृद्धि र सर्वोत्कृष्ट संस्था बनाउने लक्ष्य रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले बताए । कार्यक्रममा सदस्यको उत्पादनलाई सहकारीका नाममा ब्रान्डिङ तथा प्याकेजिङ गर्ने र बिरतणलाई व्यापक बनाउने उद्देश्यले अन्तरिक्रया समेत गरिएको उनले जानकारी दिए । संस्थामा ९ हजार ५४५ जना शेयर सदस्य तथा ६ करोड ४९ लाख ३८ हजार शेयर पूँजी रहेको जनाइएको छ । त्यसैगरी संस्थामा ५ करोड ७७ लाख ७८ हजार जगेडा कोष तथा ४ करोड ८९ लाख ७९ हजार अन्य कोषमा रहेको छ । संस्थामा ७१ करोड १३ लाख १४ हजार बचत तथा १ हजार २६१ जना ऋणी सदस्यमा ६० करोड ९८ लाख १६ ऋण लगानी रहेको जनाइएको छ । संस्थाको ८७ करोड ८९ लाख ३१ हजार कूल सम्पत्ति रहेको  छ।