आइतबार, कार्तिक ९ गते २०८३

बचत फिर्ताको माग गर्दै सहकारी पीडितले गरे अर्धनग्न प्रदर्शन


बैशाख १५, २०८२ सोमबार
बचत फिर्ताको माग गर्दै सहकारी पीडितले गरे अर्धनग्न प्रदर्शन


सहकारी पीडितहरुले  आफुले राखेको बचत फिर्ता नपाएको भदै आज काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरुले सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनु पर्ने माग सहित पटकपटक प्रदर्शन गर्दै आएका  छन् ।

सरकारले सहकारी पीडितको आवाज नसुनेको भन्दै  उनीहरुले सरकारलाई दवाव दिन अर्धनग्न भएको बताएका छन् । सरकारले आफ्नो आवाज नसुने पूर्ण रुपमा नग्न हुने पीडितहरुले चेतावनी दिए । सरकारले पीडित बचतकर्तासँग पटक पटक बार्ता गरे भए पनि त्यसको कार्यान्वयन नगरेको भन्दै दवाव दिन यो प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन् । आफ्नो न्याय खोज्न अर्धनग्न भएको र सरकारले आफ्नो माग पुरा नगरे जस्तोसुकै आन्दोलन गर्ने उनीहरुको भनाई छ । सहकारीमा राखेको बचत पाउनुपर्ने उनीहरुको माग छ । उनीहरुले सहकारी पीडितको आन्दोलन रहर नभई बाध्यता हो, हाम्रो धैर्यलाई कम्जोरी नठान, हामी मर्न तयार हुन्छौं तर मारेर मर्छौं भन्ने जस्ता कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

शहरमा खुलेका कतिपय सहकारी संस्थाले सदस्यको अर्बौ बचत अपचलन गरेका छन् । लामोसम्म पनि पीडित बचतकर्ताले सहकारी संस्थामा राखेको बचत फिर्ता पाउन सकेका छैनन् । उनीहरुले लामो समयदेदि सहकारीमा राखेको बचत फिर्ता पाउनु पर्ने माग गर्दै आएका छन् । 

सम्बन्धित सहकारी संस्थाका सञ्चालक र सहकारी संस्थाको चलअचल सम्पत्ति विक्री गरेर पीडित बचतकर्ताको बचत फिर्ता गर्ने सहकारी मन्त्री बलराम अधिकारीले बताउँदै आएका छन् । सरकारसँग बचत फिर्ताको लागि स्रोत नभएको भन्दै  संस्थाहरुबाट नै असुलउपर गरेर बचत फिर्ता गर्ने उनको भनाई छ । हालसम्म सरकारले ३ अर्ब भन्दा बढी रकम फिर्ता गरिसकेको र समस्याग्रस्त घोषणा गरिएको २३ सहकारी संस्था मध्ये ३ वटाको दायित्व भुक्तानी भइसकेको समेत उनले बताएका छन् । 

DeWatermark.ai_1745837843334.png