आइतबार, कार्तिक ९ गते २०८३

को अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ सञ्चालक समिति चयन


बैशाख ७, २०८२ आइतबार
को अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ सञ्चालक समिति चयन

कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेको तेस्रो साधारण सभा सम्पन्न भएको छ । सभाले  ज्योति मिर्मिरे सामुहिक साकोसका ख प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ ।

त्यसैगरी क्लवको उपाध्यक्षमा आर्थिक विकास मित्र साकोसका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारी, सचिवमा आभाष साकोसका प्रमुख कार्यकारी अधिकृत सुवास बैद्य तथा कोषाध्यक्षमा लक्ष्मी महिला साकोसका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी चयन भएका छन् । 

त्यसैगरी क्लवको संचालक सदस्यमा एक्सप्रेस साकोसका प्रमुख कार्यकारी अधिकृत अरुण थापा, सक्षम साकोसकी व्यवस्थापक पार्वती थापा, महिला आधारशिला साकोसकी व्यवस्थापक यशोदा बोगटी, सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक गौतम प्रजापती र वासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक अनन्त तिमल्सिना चयन भएका छन् । साधारण सभाले सर्वसम्मत रुपमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।