अन्नपूर्ण वहुमुखी सहकारी संस्थाको आयोजनामा एक महिने सौन्दर्य तालिम आजबाट सुुरु भएको छ । संस्थाले सदस्यहरुलाई सीप प्रदान गरी उद्यमशील बनाउने उदेश्यका साथ हेयर कटिङ तथा स्टाइलिङ तालिम संचालन गरेको हो ।
मध्यपूर थिमी नगरपालिका वडा नं ३ को लागत साझेदारी र क्रियटीभ ब्यूटी पार्लर तथा ट्रैनिङ सेन्टर गठ्ठाघरको समन्वयमा संचालित उक्त कार्यक्रमको मध्यपूर थिमी वडा नं ३ का वडा अध्यक्ष कृष्णहरी आर्चायले उद्घाटन गरेका छन् । संस्थाका अध्यक्ष श्याम सुन्दर वस्नेतको अध्यक्षतामा संचालन भएको उद्घाटन सत्रको संचालन व्यवस्थापक शोभा अधिकारीले गरेकी थिइन्। सो कार्यक्रममा मध्यपुर ठिमी नगरपालिकाका उद्योग सहकारी तथा रोजगारी प्रवर्दन शाखा प्रमुख अभेन्द्र रन्जित्, सन्योजक अरुणा कार्की, मध्यपुर ठिमी ३ न वडा का सचिब रबिना पौडेल ,संस्थाका कोषाध्यक्ष मिरा कुमारी भट्टराई उप्रेतीको समेत आतिथ्यता रहेको थियो ।
सो तालिमको सहजीकरण क्रियटीभ ब्यूटी पार्लर तथा ट्रैनिङ सेन्टर गठ्ठाघरका सन्चालक शान्ती श्रेष्ठले गर्नेछिन् । तालिममा २० जनाको सहभागिता रहेको संस्थाले छ । कार्यक्रममा मध्यपुर ठिमी नगरपालिकाका उद्योग सहकारी तथा रोजगारी प्रवर्दन शाखा प्रमुख अभेन्द्र रन्जित्, सन्योजक अरुणा कार्की, मध्यपुर ठिमी ३ न वडा का सचिब रबिना पौडेल ,संस्थाका कोषाध्यक्ष मिरा कुमारी भट्टराई उप्रेतीको समेत आतिथ्यता रहेको थियो ।

नेपालपत्र संवाददाता