आइतबार, कार्तिक ९ गते २०८३

लक्ष्मी महिला साकोसले मनायो २७ औं स्थापना दिवस


चैत्र २४, २०८१ आइतबार
लक्ष्मी महिला साकोसले मनायो २७ औं स्थापना दिवस

 
लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले २७ औं स्थापना दिवस मनाएको छ । संस्थाकी अध्यक्ष हिमाली श्रेष्ठको  अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा रहेका थिए । अध्यक्ष  सापकोटाले  दिगो र स्थायी संस्था बनाएर सदस्यहरुको जीवनस्तर उकास्नसंस्था लाग्नु पर्ने बताए । उनले  सहकारी अध्यादेश र राष्ट्र बैंकद्धारा जारी  निर्देशन तथा मापदण्डको बारेमा जानकारी दिदैँ सो निर्देशन पालनाका लागि सुझाए ।

कार्यक्रमकी अथिति तथा जिल्ला सहकारी संघकी उपाध्यक्ष  शान्ति लामाले  जिल्लामा महिलाहरुद्धारा संञ्चालित संस्था  मध्ये लक्ष्मी महिला दिगो तथा सक्षम भएको देख्न पाउाँदा गौरवान्वित महशुस भएको बताइन् । त्यसैगरी जिल्ला बचत संघ काभ्रेका उपाध्यक्ष सागरनाथ कपालीले  संस्थाले  शुरुवाती अवस्था देखि नै समुदायमा आधारित रहेर कार्य गर्दै आएकाले संस्था सबले बन्न सकेको बताए ।  संस्थाकी सचिव सकुन्तला श्रेष्ठले संस्था स्थापना कालदेखि हाल सम्मको अवस्थाको बारेमा जानकारी गराएकी थिइन्। संस्था समुदायमा आधारित  भएर संञ्चालित  भएकाले  दिगो र विश्वासिलो  संस्थाको रुपमा स्थापित भएका उनको भनाई छ ।  

 अध्यक्ष  श्रेष्ठले संस्थाको  कुल  सम्पत्ति ३२ करोड  पुुगेको बताउँदै सस्थामा ३ हजार ३ सदस्य सदस्य, ३ करोड शेयर पुँजी र २६ करोड बचत संकलन  गरेको जानकरी दिइन् । संस्थाले सामजिक उत्तरदायित्व  अन्तरगत सो अवसरमा  मठमन्दिरको जर्गेना तथा सरसफाई कार्यक्रम समेत आयेजना गरेको थियो । सो अबसरमा  बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा मधुमेह तथा प्रेसर जाँच सम्बन्धी  हेल्थ क्याम  आयोजना गरिएको थियो  ।  

486787169_2988663071283822_810656998145914136_n.jpg