आइतबार, कार्तिक ९ गते २०८३

ललितपुर बचत संघका सिईओ बजगाईंको संयोजकत्वमा ‘ललितपुर साकोस फोरम’ गठन


चैत्र २३, २०८१ शनिबार
ललितपुर बचत संघका सिईओ बजगाईंको संयोजकत्वमा ‘ललितपुर साकोस फोरम’ गठन

 

ललितपुरका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापनहरुको ‘ललितपुर साकोस फोरम’ गठन भएको छ । ललितपुर  जिल्ला बचत संघका प्रमुख कार्यकारी अधिकृत सन्तोष बजागाईंको संयोजकत्वमा ११ सदस्यीय  तदर्थ समिति गठन भएको हो ।

समितिमा खुत्रुकी साकोसका महेश्वर सिंखडा,इमेज साकोसकी लिना प्रधान, आयाम साकोसका गणेश नेपाल,गन्तव्य साकोसका उत्तम घिमिरे र मनीमण्डप साकोसकी जीना शाक्य रहेका छन्। त्यसैगरी पद्मावती साकोसका बालकृष्ण महर्जन,कर्मठ सामुदायिक साकोसका कृष्णप्रसाद घिमिरे,इमाडोल साकोसका मनहरि श्रीमाली,मातृ साकोसकी शोभा सिगु र शैक्षिक विकास साकोसकी स्वीटि राजभण्डारी रहेकी छिन् ।

ललितपुरले सहकारीका असल अध्यास आदान प्रदानका साथै कर्मचारीहरुमा तालिम तथा शिक्षा मार्फत उत्कृष्ट व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।