आइतबार, कार्तिक ९ गते २०८३

राष्ट्र बैंकले जारी गरेको  निर्देशन ऐच्छिक होः निर्देशक डा.खरेल


चैत्र २२, २०८१ शुक्रबार
राष्ट्र बैंकले जारी गरेको  निर्देशन ऐच्छिक होः निर्देशक डा.खरेल


नेपाल राष्ट्र बैंकका निर्देशक डा.राम शरण खरेलले बचत तथा ऋण सहकारी संस्थाको लागि जारी गरिेएको पछिल्लो मापदण्ड तथा निर्देशन लागु नहुने बताएका छन् । ललितपुर बचत संघको आयोजनामा सुरु भएको सिईओ वर्कसपमा सहकारीमा‘ पूजी प्रर्याप्तता’को आवश्यकता र औंचित्यता माथि कार्यपत्र प्रस्तुत गर्दै उनले केन्द्रीय बैंकले प्रतिस्थापन विधेयक पारित हुनु अगावै  मापदण्ड तयार गरेकाले संस्थाका लागि यो निर्देशन अनिवार्य नभएको जनाए ।प्राधिकरण आफैमा स्वायत्तता र शक्तिशाली भएकाले सहकारी संस्थाका लागि मापदण्ड र निर्देशन  ल्याउने उनले जनाए । 

राष्ट्रिय सहकारी प्राधिकरण गठन भई सकेको हुनाले प्राधिकरणले जारी गर्ने मापदण्ड नै अन्तिम हुने उनको भनाई छ । राष्ट्र बैंकले जारी गरेको निर्देशन सहकारीको लागि स्वेच्छिक मात्र भएको उनको भनाई छ । प्राधिकरण गठन भइसकेको  अवस्थामा उसले नै निर्देशन तथा मापदण्ड जारी गर्ने भएकाले केन्द्रीय बैंकले यसलाई अन्तिर रुप दिन आवश्यक नठानेको उनको भनाई छ । अब प्राधिकरणबाट जारी हुने  निर्देशन तथा मापदण्ड संस्थाहरुको लागि बाध्यकारी हुने उनले जानकारी दिए ।  सहकारिताको मर्म अनुसार सञ्चालित,न्युनत मापदण्ड पालना गरेका र सञ्चालक तथा व्यवस्थापकबीच व्यवसायिक ज्ञान र क्षमता हुने सकेका संस्था राम्रो हुने उनको भनाई छ ।

बचत ऋण सहकारीको लागि न्युनतम मापदण्ड आवश्यक पर्ने भन्दै उनले न्युनत मापदण्ड भित्र पल्र्सको  पालना  नै मुख्य रहेको उनले बताए । पल्र्सलाई कतिपय सहकारी संस्थाले पालना गरेको भए पनि त्यसलाई हेरिदिने निकाय नभएको उनले बताए । कतिपय सहकारीमा पल्र्सको राम्रोसँग पालना नभएको र बैकहरुको जस्तै सिष्टम भए सहकारी राम्रो हुन्छ भन्ने सोच सहकारीकर्मीमा आएको उनको भनाई छ । पूँजी कोषको आधारमा संस्था सञ्चालन गर्ने कुरा कानुनमा नै आएको र पुँजीको आधारमा संस्था सञ्चालन गर्दा राम्रो हुन्छ भन्ने सोचले यो व्यवस्था आएको खरेलले बताए । 
संस्था सञ्चालनको लागि तरलता अनुपात र पुँजी प्रयाप्त नै मुख्य भएको उनको भनाई छ । यी दुई कुरालाई ध्यान दिन सके संस्था सबल हुने उनले जनाए । सहकारी संस्था क्यापिटल बेसमा सञ्चालन हुने संस्था नभए पनि उनले अहिले केही संस्थाले बैंकको सरह कारोबार गर्ने गरेकाले पुँजी कोष आवश्यक परेको बताए । बचत तथा ऋण सहकारी संस्थाको लागि ८ प्रतिशत पुँजी कोषको व्यवस्था गरेको उनले जानकारी दिए ।लघुवित र अन्य देशमा पनि ८ प्रतिशत रहेकाले नेपालमा पनि सोही अनुसार पुँजी प्रयाप्त कायम गरेको उनको भनाई छ । सहकारी संस्थाको लागि ४ नभई ८ प्रकारको ऋणको वर्गिकरण गर्दा राम्रो हुने उनले सुझाए । संस्थामा पुँजी प्रयाप्त हुन ऋणको वर्गिकरण र जोखिम भार नै मुख्य भएको उनले जानकारी दिए ।