खुल्ला विश्वविधालयका भिजिटिङ्ग संकायका डा. रमेश वैद्यले युवा पुस्ता विदेश जाने क्रम बढेकाले दक्ष कर्मचारी पाउन मुस्किल भएको बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको साकोस सिईओ वर्कसपमा ‘सहकारी क्षेत्रमा मानव संशाधन व्यवस्थापन सम्बन्धी मुद्दाहरु र आगागी कार्यदिशा’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै उनले बैंक तथा वित्तीय संस्था र सरकारी उच्च तहमा काम गर्ने कर्मचारी समेत विदेश जाने क्रम बढेर गएको बताए । उनले सहकारी क्षेत्र सुरक्षित र व्यवस्थित नभएकाले यस क्षेत्रमा काम गर्न युवा पुस्ता आकर्षित नभएको उनको भनाई छ । बदलिएको बजारसँगै सहकारी संस्थाले आधुनिक प्रविधि र मानव संशाधन विकासमा ध्यान दिन नसक्दा कर्मचारी यस क्षेत्रमा आकर्षित हुन नसकेको जनाए ।
मुलुकमा पढेलेखेका र दक्ष जनशक्तिले समेत राम्रो सेवा सुविधा नपाउँदा विदेश जाने क्रम बढेको उनको भनाई छ । यो विषयमा अव पोलिसी लेवलमा नै छलफल गर्न आवश्यक रहेको उनले जनाए । सहकारीका कतिपय सञ्चालकले संस्थामा जम्मा भएको बचत अपचलन गर्ने गरेका कारण पनि कर्मचारीलाई आइडी कार्ड लगाएर बजारमा जान समस्या भएको उनको भनाई छ । सहकारी संस्थामा तरलता व्यवस्थापन मुख्य समस्या भएको भन्दै उनले कतिपय सहकारीले दैनिक रुपमा अबौं रुपैयाँ कारोबार गर्ने तर तरलता व्यवस्थापनमा ध्यान नदिएको उनले जनाए । अबौं कारोबार गर्ने संस्थाहरु पनि अहिले बन्द भएका छन्, उनले भने‘ घर जग्गा, र उधोग धन्दामा गरेको लगानी र युवा पुस्ता विदेशिने क्रम रहेकाले संस्थाहरु बन्द हुन पुगेको उनले जनाए । कर्मचारीहरु प्रविधिमैत्री हुन नसकेको भन्दै उनले कतिपय संस्थाले सफ्टवेयर ल्याए पनि सञ्चालन गर्ने कर्मचारी नभएको जनाए ।
विदेशमा डलर र युरोमा तलब पाउने भन्दै नेपालमा भने समय सापेक्ष सेवा सुविधा दिन नसकेको वैद्यको उनको भनाई छ । उनले महिलाले सञ्चालन गरेको संस्था राम्रो रहेको बताए । ती सहकारी संस्थामा खराव कर्जाको अनुपात कमि रहेको भन्दै शहरमा खुलेका केही सहकारी संस्था वित्तीय अनुशासनमा सञ्चालन नहुँदा यस क्षेत्रप्रति कर्मचारी आकर्षित हुन नसकेको प्रष्ट पारे । सहकारीले बचत तथा ऋणको मात्र कारोबार नगरी सेवालाई विविधिकरण गर्न आवश्यक रहेको जनाए । उनले विश्वका कतिपय देशले सहकारी मार्फत सानो पुँजी परिचालन गरी सदस्यहरुलाई उत्पादनमा लगाएको बताए । चीन, भारत र म्यानमार जस्ता राष्ट्रमा सदस्यमा सीप विकास गरी उनीहरुलाई सानो पुँजी मार्फत उद्यमशीलता विकास गर्न सघाएको उदाहरण दिए ।
नेपालपत्र संवाददाता