आइतबार, कार्तिक ९ गते २०८३

राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार सम्पादक खड्कालाई

चैत्र २१, २०८१ बिहीबार
राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार सम्पादक खड्कालाई

 
राष्ट्रिय सहकारी महासंघले यस वर्षको ‘सहकारी पत्रकारिता पुरस्कार’ नेपालपत्रन्युज डटकमका सम्पादक  माधव खड्कालाई प्रदान गर्ने भएको छ ।

६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा महासंघले यस वर्षको सहकारी पत्रकारिता पुरस्कार सम्पादक खड्कालाई दिने घोषणा गरेको हो । सम्पादक खड्काले एक दशक भन्दा बढी लामो समयदेखि सहकारी क्षेत्रको विषयमा कलम चलाउँदै आएका छन् । सम्पादक खड्का नेफ्स्कून, बागमती प्रदेश सहकारी संघ, बागमती प्रोस्कून ,ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लगायतका विभिन्न संघ संस्थाबाट यस अघि नै पुरस्कृत भइसकेका छन् ।

बुधबार घोषणा गरिएको पुरस्कार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गर्ने  महासंघले जनाएको छ । महासंघका उपाध्यक्ष  एवं पुरस्कार छनोट उप समितिका सयोजक डि.बी बस्नेतले पुरस्कृत हुने विभिन्न व्यक्तित्व एवं संघसंस्थाको नाम घोषणा गरेका थिए ।