६८औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी देशव्यापी रुपमा मनाइँदै छ । वि.स. २०१३ साल चैत्र २० गते चितवनको बखान ऋण समिति गठन भएको दिनलाई आधार मानी राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरिएको हो।
दिवसको अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले प्रभातफेरी तथा वृहत र्याली आयोजना गरेको छ । त्यसैगरी देशभर रहेको जिल्ला संघ, विषयगत संघ र पारम्भिक सहकारी संस्थाले पनि विभिन्न कार्यक्रमको आयोजना गरी सहकारी दिवस मनाई रहेका छन् ।
आज उपत्यका लगायत काभ्रे जिल्लाका सहकारीकर्मी काठमाडौंको राष्ट्रिय सभा गृहमा भेला भएर सहकारी दिवस मनाउने भएका छन् ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आथित्यतामा काठमाडौंमा दिउसो एक बजे वृहत कार्यक्रम हुन गइरहेको छ । सहकारी दिवसको अवसर पारेर गरिने यस्ता कार्यक्रमले सहकारीको महत्वको र समाजमा सहकारीले समाजमा पुर्याएको योगदानको बारेमा उजगार गर्न टेवा पुग्नेछ ।




नेपालपत्र संवाददाता