सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले सेवाश्रममा भोजन दान गरेको छ । संस्थाले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सेवाश्रममा भोजन दान गरेको हो ।
संस्थाले सहकारी दिवसको अवसरमा आज पद्म–भुुवनेश्वरी नमुना बृद्ध सेवाश्रम लालबन्दी २ जुटपानी हरिवनमा ६० जना आमाबुबाहरुलाई मिष्ठान्न भोजन गराएको जनाएको छ। कार्यक्रमको संस्थाका उपाध्यक्ष राजकुुमार उप्रेती र लेखा सुुपरीवेक्षण समिति संयोजक जयशंकर सिंहको नेतृत्व रहेको थियो । कार्यक्रममा संचालक, लेखा समिति, सल्लाहकार तथा शिक्षा समिति, युुवा समिति र कर्मचारी गरी १४ जनाले सेवाश्रममा भोजन गराएका थिए ।
सेवाश्रम संचालक बासुदेव कोइराला र भवानी कोइरालालाई संस्थाको तर्फबाट उपाध्याक्ष राजकुमार उप्रेती र जयशंकर सिंहले संयुुक्त रुपमा मिष्ठान्न भोजन हस्तान्तरण गरेका थिए ।
नेपालपत्र संवाददाता