आइतबार, कार्तिक ९ गते २०८३

सहकारी अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने आज अन्तिम दिन, प्रतिपक्षको साथ खोज्दै सरकार


चैत्र १८, २०८१ सोमबार
सहकारी अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने आज अन्तिम दिन,   प्रतिपक्षको साथ खोज्दै सरकार

सरकारले ल्याएको सहकारी  अध्यादेश प्रतिस्थापन विधेयकबाट पारित गर्ने आज अन्तिम दिन रहेको छ । सरकारले गत पुस १४ गते सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश  ल्याएको  थियो । 

उक्त अध्यादेश  प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको छ । भूमि  व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले  राष्ट्रिय सभामा बहुमत नपुगेकाले अध्यादेश पास गर्न समस्या भएको बताए ।  हिजो नेफ्स्कूनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सहकारी अध्यादेश पारित गर्ने  सोमबार  अन्तिम दिन रहेको र प्रतिपक्षलाई समेटेर अधयादेश पारित गर्ने  बताएका थिए । आज १२ बजेसम्म सहकारी अध्यादेश पारित गर्ने सयय सीमा रहेकाले त्यसका लागि आफु छलफल र वार्तामा लागि रहेको उनको भनाई थियो । सहकारीका वर्तमान समस्या समाधन गर्न र यो क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाएर लैजान अध्यादेश मार्फत ऐन संशोधन गर्नु परेको मन्त्री अधिकारीको भनाई छ ।  

अध्यादेश संसद सुरु भएको ६० दिनभित्र ऐनमा रुपान्तरित भइसक्नपर्ने संवैधानिक व्यवस्था अनुसार आज प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने बाध्यता सरकारलाई छ । यसअघि कुलमान घिसिङको विषयमा प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ मागेर संसद अवरुद्ध गरेपछि यो प्रक्रिया अघि बढ्न सकेको थिएन । आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको सुरुमै सम्बोधन गर्ने सहमति भएपछि विधेयक पनि पारित हुने भएको हो । दुवै सदनबाट पारित भएपछि यो विधेयक राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण हुनेछ ।  

सहकारी अध्यादेशसँगै सरकारले  पुस २९  सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश पारित गरेर प्रतिस्थापन विधेयक ल्याइएको हो ।  ५ वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको  छ ।