आइतबार, कार्तिक ९ गते २०८३

पाँच तारा सहकारीले चैत्र २० गते रक्तदान गर्दै, सदस्यहरुलाई सक्रिय सहभागिताको लागि आव्हान


चैत्र १७, २०८१ आइतबार
पाँच तारा सहकारीले चैत्र २० गते रक्तदान गर्दै, सदस्यहरुलाई सक्रिय सहभागिताको लागि आव्हान

 पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।  ६८ औं राष्ट्रिय सहकारी दिवस तथा १७ औं वार्षिकोत्सवको  अवसरमा  संस्थाले वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।

संस्थाले यही चैत्र २० गते संस्थाको कार्यालय परिसरमा रक्तदान गर्न लागेकाले  सम्पूर्ण सदस्यहरुलाई सहभागी हुन आग्रह गरेको छ ।  नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिने भएको छ । संस्थाले विगत १७ बर्षदेखी निरन्तर रुपमा रक्तदान गर्ने गरेको छ ।

 विगतमा संस्थामा आवद्ध सयौं सदस्यहरुले रक्तदान कार्यमा सहभागी जनाई सकेको र यस पटक पनि उत्साहजनक सहभागिता रहने व्यवथापक राधा कडरियाले बताइन् । रक्तदानमा सहभागी हुनेहरुलाई प्रमाण पत्र र टि सट प्रदान गरिने छ ।