सहकारी अभियानमा सक्रिय संघको रुपमा परिचित ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्य संस्थाहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्दै आएको छ । संघले सदस्य संस्थाका सञ्चालक, कर्मचारी तथा सदस्यहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्ने गरेको छ ।
संघले यस अघि अध्यक्ष र कोषाध्यक्षहरुको क्षमता अभिवृद्धिको लागि अध्यक्ष र कोषाध्यक्षको गोष्ठी आयोजना गरिसकेको छ ।त्यसका साथै संघले शुल्क तथा निःशुल्क पनि विभिन्न तालिमको आयेजना गरी संस्थामा कार्यरत कर्मचारी र अन्य पदाधिकारीहरुलाई संस्थाप्रति जिम्मेवार बनाउँदै आएको छ । संघले निकट भविष्यमा नै साकोस सिइओ अर्कसप गर्न लागेको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा संघले SACCOS CEO's WORKSHOP 2025 LALITPUR २०८१ गर्ने भएको हो ।
संघको आयोजनामा चैत्र २२ र २३ गते नगरकोटमा हुने दुईदिने गोष्ठीमा विषय विज्ञबाट कार्यपत्र प्रस्तुत हुने भएको छ । गोष्ठीमा ललितपुर जिल्लाका बचत तथा ऋण सहकारी संघ संस्थाका प्रमुख कार्यकारी अधिकृत र व्यवस्थापकहरुको सक्रिय सहभागिताको लागि संघले आग्रह गरेको छ ।
गोष्ठीको कार्यक्रम तालिका, प्रपोजल तथा नाम दर्ता फारम संघको वेभसाइटबाट डाउनलोड गर्न सकिने संघका प्रमुख कार्यकारी अधिकृत सन्तोष बजगाईले जानकारी दिए । गोष्ठीमा ५ जना विषय विज्ञबाट सिकाइनुका साथै मोटिभेसन कक्षा समेत राखिएको छ।
नेपालपत्र संवाददाता