आइतबार, कार्तिक ९ गते २०८३

स्वेच्छा सहकारीले चैत्र २७ गते बनभोज कार्यक्रम गर्ने, सदस्यलाई नाम दर्ता गर्न आग्रह

चैत्र १२, २०८१ मंगलबार
स्वेच्छा सहकारीले चैत्र २७ गते बनभोज कार्यक्रम गर्ने, सदस्यलाई नाम दर्ता गर्न आग्रह


काभ्रेको पाँचखालमा रहेको स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाले बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाले सदस्यहरुलाई वनभोज कार्यक्रममा सहभागि गराई सहकारी शिक्षा र मनोरञ्जन दिने उदेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

भक्तपुरको च्वङ्गा गणेश मन्दिर प्राङ्गणमा वनभोज तथा भ्रमण कार्यक्रम आयोजना गरिएकाले  सदस्यहरुले चैत्र २५ गतेसम्म नाम दर्ता गरिसक्न व्यवस्थापक सन्तोष नापितले आग्रह गरे । जेष्ठ सदस्य र बाल सदस्यहरुलाई भने निःशुल्क रुपमा बनभोज कार्यक्रममा सहभागि गराउने उनले जानकारी दिए ।

संस्थाले चैत्र २७ गते बुधबारको लागि बनभोज कार्यक्रम आयोजना गरेको उनले बताए । उक्त कार्यक्रम मार्फत सदस्यहरुलाई मनोरञ्जनका साथै सहकारी शिक्षा प्रदान गरिने उनको भनाई छ ।  सो अवसरमा भक्तपुरका विभिन्न धार्मिक तथा रमणिय स्थलहरुको भ्रमण समेत गराइने भएको छ ।