आइतबार, कार्तिक ९ गते २०८३

श्री बाराही साकोसद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना


चैत्र ११, २०८१ सोमबार
श्री बाराही साकोसद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा  शिक्षा शिविर कार्यक्रम सम्पन्न भएको छ ।  संस्थाका निवर्तमान अध्यक्ष एवं शिक्षा उप समितिका संयोजक विश्वराम त्वायनाको अध्यक्षता तथा  संस्थाका अध्यक्ष राधेश्याम सुवालको आतिथ्यतामा ग्लोबल मनि विकको अवसरमा सहकारी शिक्षा शिविर कार्यक्रम सम्पन्न भएको हो । 

 सदस्यहरुलाई वित्तीय जानकारी दिनुका साथै ताजिकिकरण गराउने, पैसाको महत्व बुझाउने, आम्दानीको श्रोत, बचतको श्रोत, ऋणको प्रयोग ,लगानी गर्ने तरिका आदि वारे  जानकारी गराउने उद्देश्यले शिक्षा शिविर सञ्चालन गरिएको संस्थाले जनाएको छ ।  कार्यक्रममा संस्थाका अध्यक्ष  सुवालले  सहकारी ऐन, नीति, नियम र सहकारी नियमन प्राधिकरणको  वारेमा जानकारी  गराएका थिए । उनले  युवावर्ग बाहिरिने क्रम  रहिरहने हो भने भोलिका दिनमा नेतृत्व  गर्न जनशक्तिको अभाव  हुने बताए ।

 सदस्य तथा पदाधिकारीहरुलाई  आफ्नो आम्दानी गर्न सक्ने  २० थरिका व्यवसाय, पैसा कमाउने  उपाय, आवश्यक तथा अनावश्यक खर्च वारे  लर्न,सेभ अर्न  ,बचत गर्ने  तरिका, ऋण  परचालन तथा जोखिमका क्षेत्रहरु, लगानी गर्ने विभिन्न तरिका साथै संस्थागत वित्तीय साक्षरता समेत  सो अवसरमा  प्रदान गरिएको थियो । 

संस्थाका पूर्व अध्यक्ष विश्वराम त्वायनाले  ब्याजको लोभमा नफस्न र अरुको बहकाउमा  जथाभावी बचत नगर्न आग्रह गरे । कार्यक्रममा संस्थागत प्रस्तुति गर्दे  लेखा अधिकृत श्रीकृष्ण ख्याजुले संस्थाको बित्तीय सेवा सुविधा  वारे जानकारी  गराए ।उनले  प्रविधिसँग  प्रयोगका बारेमा सदस्यहरुलाई   जानकारी दिदैँ मोबाईल बैकिङ सुरक्षित तरिकाले  प्रयोग गर्न आग्रह गरे ।