शनिबार, आश्विन १७ गते २०८३

न्यादी हाइड्रोपावरको आइपीओमा दुई लाखभन्दा बढीले पाए १० कित्ता

कार्तिक ५, २०७८ शुक्रबार
न्यादी हाइड्रोपावरको आइपीओमा दुई लाखभन्दा बढीले पाए १० कित्ता

न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले निष्कासन गरेको उक्त आईपीओमा दुई लाख नौ हजार २५० जनाले कम्पनीको सेयर प्राप्त गरेको जनाइएको छ । सो सेयरमा कुल २२ लाख ५५ हजार ८४ जनाले दुई अर्ब ७० करोड ८९ लाख १५ हजार रूपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये १० हजार ४४२ जनाको आवेदन रद्द भएको छ भने तीन हजार ५०४ जनाको सेयर सि(आस्वाले अस्वीकृत गरेको छ। स्वीकृत भएका २२ लाख ४१ हजार १३८ जनामा सो सेयर बाँडफाँट गरिएको हो । 

कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन खुला गरेको थियो । कम्पनीले २२ लाख ५० हजार कित्ता कुल निष्कासनमध्ये दुई प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र पाँच प्रतिशत अर्थात एक लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बनाइएको थियो । 

उक्त कम्पनीको आईपीओमा १९ असोजसम्म आवेदन दिन सकिने व्यवस्था थियो । उक्त आईपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन पाइने व्यवस्था थियो ।