आइतबार, कार्तिक ९ गते २०८३

बुडोल सामुदायिक सहकारीद्वारा ग्लोबल मनी विकको अवसरमा विद्यालयमा बुसा कार्यक्रम


चैत्र ६, २०८१ बुधबार
बुडोल सामुदायिक सहकारीद्वारा ग्लोबल मनी विकको अवसरमा  विद्यालयमा बुसा कार्यक्रम

बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा प्रगति प्रभात एकेडेमी बनेपामा “विद्यालयमा बुसा” कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल मनी विकको अवसरमा संस्थाले वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।  

संस्थाको उपाध्यक्ष प्रकाश भुर्तेलको संयोजकत्वमा सञ्चालित उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत  विवेकराज ठकुरीले श्रव्य दृश्य सामग्रीको प्रस्तुतीमार्फत वित्तीय बजार, वित्तीय संस्था र यसका प्रकारहरु, बचतको महत्व, पैसाको प्रयोग, ऋणको परिचय, व्यक्तिगत बजेट निर्माण, सहकारीको परिचय, जंक फुडको प्रयोग र यसले पार्ने नकारात्मक असर लगायतका विषयमा प्रशिक्षण  दिएका थिए  ।

कार्यक्रममा कार्यकारी अधिकृत रञ्जना सुवाल, बरिष्ठ अधिकृत  उमेश आचार्य, सहायक  विनिता तिमल्सिना सहित विद्यालयमा अध्ययनरत ५६ जना विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।

485002522_1061727749316866_6429865853007557322_n.jpg