मंगलबार, कार्तिक ११ गते २०८३

पोखरा रोयलद्वारा विद्यार्थी लक्षित वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम आयोजना


चैत्र ५, २०८१ मंगलबार
पोखरा रोयलद्वारा  विद्यार्थी लक्षित वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम आयोजना

 पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा विद्यार्थी लक्षित वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गरेको छ। 

सप्ताहको पहिलो दिन पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमीमा अध्ययनरत ६१ जना बालबालिकाहरुलाई वित्तीय साक्षरता विषयमा प्रशिक्षण गराईएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ्गले बालबालिकाहरुलाई सानै उमेरबाट पैसाको महत्व, वित्तीय अनुशासन, बचत गर्ने तरिका, पारिवारिक बजेट, मान्छेको आवश्यकता र चाहनाको बारेमा सिकाउनु पर्ने बताए।

संस्थाका व्यवसाय विकास अधिकृत अभिषेक गुरुङ्गले वित्तीय साक्षरता विषयमा प्रशिक्षण दिएका थिए भने यस अवसरमा विधार्थीहरुसँग अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा फिस्टेल एकाडेमीका सहायक प्राचार्य कमल लामिछानेले सहकारीको यसखाले कार्यक्रम अत्यन्तै समसामयिक र उपलब्धीमूलक रहेको र यसबाट विधार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको बताए । यस अवसरमा संस्थाले विधार्थीहरुमा बचतको बानी बसाल्न ‘सेभिङ्ग बक्स’ समेत उपलब्ध गराईएको थियो ।  ‘सुखी सदस्य, दिगो सहकारी’को परिकल्पनासहित विगत दुई दशकदेखि क्रियाशिल उक्त संस्थाले समुदाय र सदस्यको बीचमा छुट्टै छाप पार्न सफल भएको छ ।