आइतबार, कार्तिक ९ गते २०८३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?


कार्तिक ९, २०८३ आइतबार
सुनचाँदीको मूल्यमा  गिरावट, कतिमा हुँदैछ कारोबार  ?

नेपाली बजारमा सुनचाँदीको मूल्यमा   गिरावट आएको छ ।  प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेपछि  आज सुनको भाउ २ लाख ७८ हजार ५ रुपैयाँ कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन शनिबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ थियो ।

यसअनुसार एकैदिन सुनको मूल्यमा उल्लेख्य कमी आएको हो । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आइतबार चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँ कायम भएको छ ।