जनमुखी बचत तथा ऋण सहकारी संस्थाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक कार्यक्रम अनुसार संस्थाका गतिविधिहरुको बारेको जानकारी सहित सदस्यहरुलाई वित्तीय शिक्षा दिने र सदस्यहरुबाट सल्लाह सुझाव समेत लिने उद्देश्यले “वित्तीय साक्षरता तथा विस्तारित मञ्च ” सम्पन्न भएको छ । दोलखा जिल्ला वैतेश्वर गापा–१ पोखरी, वैतेश्वर गापा–१ बोहोरागाउँ र वैतेश्वर गापा–१ पिपलबोट गरी ३ वटा स्थानमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका सञ्चालक, कर्मचारी, सदस्य र भावी सदस्य सहित पोखरीमा ३६ जना, बोहोरागाउँमा ४४ जना र पिपलबोटमा ५३ जनाको उपस्थिति रहेको थियो ।
पोखरीमा संस्थाका सचिव लक्ष्मण चौँलागाईं, बोहोरागाउँमा संस्थाका अध्यक्ष माधवप्रसाद दहाल र पिपलबोटमा संस्थाका लेखा संयोजक माधवप्रसाद दहालको अध्यक्षतामा भएको थियो भने प्रस्तुतीकरण क्रमशं व्यवस्थापक भेषबहादुर मिजार, ऋण अधिकृत लालप्रसाद दहाल र लेखा अधिकृत नकुल घिमिरेले गरेका थिए । प्रस्तुतीकरण मार्फत सदस्यहरुलाई संस्थाद्वारा सञ्चालित बचतस ऋणस रेमिटान्सस मोबाई बैंकिङस सदस्य सुरक्षास आर्थिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्य सम्बन्धी क्रियाकलापहरु र संस्थाले सदस्यहरुलाई प्रदान गरिरहेका सेवा सुविधाहरु सहित संस्थाको वर्तमान अवस्थाको बारेमा संक्षिप्त जानकारी दिँदै खर्च व्यवस्थापन, बचत योजना, पारिवारिक बजेट निर्माण, ऋणको उचित प्रयोग र समयमै तिर्ने उपाय, डिजिटल वित्तीय सेवा लगायतका विषयमा जानकारी गराईएको थियो ।
कार्यक्रममा सहभागीहरुले आफ्नो धारण राख्दै संस्थाले सञ्चालन गरेका जेष्ठ सदस्य जीवनबृत्ति भत्ता, असक्तता जीवनबृत्ति भत्ता, शिशु स्याहार, रक्तदान, दीर्घ रोग उपचार सहायता, तीर्थ भ्रमण, सदस्य सुरक्षा, वातावरण संरक्षण लगायतका सदस्यमुखी कार्यक्रमहरुले आफूँहरु एकदमै खुसी भएको बताउँदै उक्त कार्यक्रमहरुलाई निरन्तरता दिनको लागि सुझाव दिएका थिए । सहभागीहरुले राखेको प्रश्न र जिज्ञासाहरुको जवाफ सहित संस्थाका आगामी नीति र योजनाहरुको बारेमा प्रकाश पार्दै कार्यक्रमका अध्यक्षहरुले कार्यक्रमको समापन गरिएको थियो ।

नेपालपत्र संवाददाता