आइतबार, कार्तिक ९ गते २०८३

लक्ष्मी महिला सहकारीद्वारा नेतृत्व विकास तालिमको आयोजना


चैत्र ३, २०८१ आइतबार
लक्ष्मी महिला सहकारीद्वारा  नेतृत्व विकास तालिमको आयोजना

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले  नेतृत्व विकास तालिमको आयोजना गरेको छ । संस्थाको वार्षिक कार्ययोजना अनुसार सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिहरु, विभिन्न समुहका लिडरहरु र कर्मचारीहरुको नेतृत्व  विकास तालिम आयोजना गरेको हो ।

तालिम संस्थाका अध्यक्ष  हिमाली श्रेष्ठको अध्यक्षता,संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक  सोबिता थापा मगर र पुर्व अध्यक्ष  तिर्थ माया श्रेष्ठ९प्रधान०को आतिथ्यता एवं सहकारी विज्ञ  कुबेर निरौलाको सहजिकरणमा सम्मन्न भएको हो । तालिममा ८२ जना विभिन्न तवरका लिडरहरु सहभागि  थिए । 

तालिममा सहजकर्ता  निरौलाले  संञ्चालक समिति,लेखा समिति,विभिन्न उप समिति,समुह लिडर एवं कर्मचारीहरुको छुटाछुटै काम कर्तव्य अधिकारी  वारेमा प्रकाश पार्दै सबै संस्थाका सम्पुर्ण कार्यप्रति उत्तरदायिक भै कार्य सम्पन्न गर्नु पर्ने बताए ।  त्यस्तै हाल अध्यादेशमा उल्लेखित विषय,राष्ट्र बैकको निर्देशन लगायत सहकारी एन नियम र सजाय जरिवाना समेतको विषयलाई सम्पुर्ण सहभागीलाई  जानकारी दिए ।  उनले विभिन्न समस्या, चुनौतीको बाबजुद पनि   स्वस्थ र निरन्तर संस्था,स्थायी र मजबुद्ध संस्था,वित्तिय रुपमा मजबुद्ध संस्था र सदस्यहरुलाई सकरात्मक सन्देश जाने संस्था कसरी बनाउन सकिन्छ भन्ने जस्ता विषय रहेको जनाए । 

 संस्थाका सचिव  सकुन्तला श्रेष्ठको उदघोषणमा संस्थाका पुर्व एवं संस्थापक अध्यक्ष तिर्थ माया प्रधानद्धारा संस्थाको  इतिहास र वर्तमान स्थितीलाई तुलना गर्दै आगामी दिनको चुनौतीलाई सबै जना मिलेर सामना गर्नु पर्ने  बताइन् । संस्थाकी अध्यक्ष  श्रेष्ठले संस्थाका हरेक क्रियाकलापमा  निरन्तर साथ सहयोग दिन आग्रह गरिन् । 

484442880_2975986802551449_6504613112359299361_n.jpg