आइतबार, कार्तिक ९ गते २०८३

सामूहिक सहकारीद्वारा कर्मचारीको क्षमता अभिवृद्धि तालिम


चैत्र ३, २०८१ आइतबार
सामूहिक सहकारीद्वारा कर्मचारीको क्षमता अभिवृद्धि तालिम

 सामूहिक बचत तथा ऋण सहकारी संस्थाले  कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । संस्थाको बुद्ध सदस्य सेवाकेन्द्रमा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष राजाभाई भेले र उपाध्यक्ष कृष्णहरि सैँजुद्धारा कार्यक्रमको औचित्य प्रस्तुत गर्दै सहकारीकर्मी अनिलवीर बज्राचार्यले कर्मचारी क्षमता अभिबृद्धि कार्यक्रममा सहजकर्ताको भुमिका निर्वाह गरेका थिए  । कार्यक्रममा सहजकर्ताबाट सहकारीको परिचय, अवधारणा, सिद्धान्त, मूल्य मान्यता,  जस्ता महत्वपूर्ण विषयमा प्रस्तुतीकरण सहित कर्मचारीहरुको  क्षमता अभि वृद्धि तालिम प्रदान  गरेका थिए  ।

समीक्षात्मक रुपमा सहजकर्ता बज्राचार्यले कमी तथा कमजोरी हरेक व्यक्ति तथा संस्थामा हुने हुँदा त्यसलाई शून्यमा लान नसकिने र विस्तारै हटाउँदै र न्यूनीकरण गर्दै जानुपर्ने  बताए  ।  संस्थाका उपाध्यक्ष सैजुले कुनै पनि संस्थामा कार्य गर्ने कर्मचारीमा एकरुपता भएमात्र संस्थाको लक्ष्य हासिल गर्न सहज हुने बताए ।

साथै  कुनै पनि तालिम कार्यक्रमबाट सिकेको कुराहरु कापीमा उतारने मात्र नभई एक आपसमा साटासाट गर्नुपर्ने र जीवनमा पनि लागु गर्नुपर्नेमा जोड दिए । अध्यक्ष राजाभाई भेलेबाट पनि प्रत्यकक कर्मचारीले आफ्नो काम , कर्तव्य र औचित्यमाथि प्रष्ट हुनुपर्ने बताउँदै प्रतयेक दिन संस्थामा आइपर्ने काम , समस्या, समाधानका उपाय, अवको योजनामा छोटकरीमा समीक्षा गर्दै सबैजान जागरुक भर्ए कार्य थालनी गर्नुपर्ने उल्लेख गरे । 

484543232_2027119524366181_2735851957995246255_n.jpg