आइतबार, कार्तिक ९ गते २०८३

मितेरी सहकारीद्वारा स्वास्थ्य शिविर सहित सदस्यता विस्तार कार्यक्रम आयोजना


चैत्र ३, २०८१ आइतबार
मितेरी सहकारीद्वारा  स्वास्थ्य शिविर सहित सदस्यता विस्तार कार्यक्रम आयोजना

इन्द्रसरोवर ५ फाखेलमा रहेको मितेरी बचत तथा ऋण सहकारी संंस्थाले सदस्यता विस्तार कार्यक्रम आयोजना गरेको  छ। संस्थाले सामुदायिक स्वास्थ्य शिक्षा तथा परिक्षण सहित सदस्यता विस्तार कार्यक्रम आयोजना गरेको  हो। संस्थाको आयोजना र सगुन नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको छ ।

 संस्थाको अध्यक्ष धनराज महर्जनको सभाध्यक्षतामा इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यतामा इन्द्रसरोर २ कुलेखानी ,खानीखेतमा  कार्यक्रम सम्पन्न गरिएको संस्थाले जनाएको छ । सो अवसरमा ६१ जनाको स्वास्थ्य परिक्षण सहित २० जनाको सदस्य बिस्तार भएको छ। संस्थाले सदस्य र सुमदयालाई लक्षित गरी विभिन्न  समयमा यस्ता कार्यक्रम गर्ने गरेको छ । संस्थाका व्यवस्थापक सरोज थापा मगरले सदस्य विस्तार र सहकारी शिक्षा कार्यक्रमलाई अभियानको रुपमा अगाडि  बढाएको जानकारी दिए ।

संस्थाले यस आर्थिक बर्षको माघ मसान्तसम्म शेयर पुँजी १ करोड ८० लाख ५० हजार,जगेडा कोष १ करोड ३९ लाख ४९ हजार, बचत संकलन १४ करोड ४० लाख ६९ हजार र ऋण लगानी १४ करोड ८७  लाख ४४ हजार  गरेको छ । संस्थाको कुल सम्पत्ति १९ करोड माथी रहेको छ भने २ हजारको हारहारीमा सदस्य रहेका छन् । 

484561005_1179205430582260_6735234668589075490_n.jpg