आइतबार, कार्तिक ९ गते २०८३

आकु प्रमुख कार्यकारी अधिकृत सहितको टोलीले चन्द्रागिरि साकोसको अवलोकन


चैत्र १, २०८१ शुक्रबार
आकु प्रमुख कार्यकारी अधिकृत सहितको टोलीले चन्द्रागिरि साकोसको अवलोकन


 चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थामा एशियाली ऋण महासंघको प्रमुख कार्यकारी अधिकृत एलिनिता भि सानरोके, प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराची र नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा सहितको टोलीले आज स्थलगत भ्रमण गरेको छ । भ्रमणको क्रममा सहकारी अभियानको प्रवर्धन, संस्थाहरुको सबलीकरण र दिगो सञ्जालीकरण तथा  सदस्यहरुलाई आर्थिक रुपले सृद्धढ बनाउने विषयमा छलफल भएको छ ।

संस्थाको अध्यक्ष शिवशंकर मानन्धरले स्वागत मन्तव्य व्यक्त गर्दै यस भ्रमणले चन्द्रागिरिको दिगो विकास र नेपालको साकोस अभियानलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे । उनले सहकारी मूल्य, सिद्धान्त तथा व्यवसायिक सञ्चालनलाई प्रभावकारी बनाउन आकु र नेफ्स्कूनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । यस अवसरमा आकु प्रमुख कार्यकारी अधिकृत लेनीले एशियाली बचत तथा ऋण सहकारी संस्थाहरुको सशक्तिकरणमा एशियाली ऋण महासंघको भूमिका रहने कुरा दोह¥याउँदै सहकारीहरु विचको सहकार्य, संस्थाको वित्तीय सुरक्षा र सदस्य केन्द्रित सेवाले  दिगो साकोस निर्माण र वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्ने कुरामा जोड दिए । त्यसैगरी आकुका प्रमुख प्राविधिक अधिकृत रञ्जितले सहकारीहरुलाई प्राविधि मैत्री बनाउन आवश्यक कदमहरुको बारे धारणा राखेका थिए ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत सापकोटाले नेपालमा साकोस अभियानलाई थप प्रभावकारी बनाउन केन्द्रीय संघ र प्रारम्भिक संस्थाविचको सहकार्य प्रभावकारी हुनुपर्ने र चन्द्रागिरि साकोसलाई महत्वका साथ राष्ट्रिय अन्तराष्ट्रिय संघसंस्थाहरुले नियालीरहेको  बताए । संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले संस्थाको गतिविधि योजना र प्राथमिकताहरुको बारेमा प्रस्तुतीकरण राख्दै चन्द्रागिरि साकोसले वित्तीय स्थिरता, सदस्यहरुको समुन्नती, सुशासन र समुदायको विकास अवको प्राथमिकताको क्षेत्र रहेको विषयमा प्रकाश पारेका थिए ।

 लेखा सुपरीवेक्षण समितिको संयोजक भानु प्रकाश ढकालले अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै अभियानलाई मजबुत बनाउन यस भ्रमण फलदायी हुने विश्वास  गरे  । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

482033807_122188415480119253_8688803987720123897_n.jpg