बागमती प्रदेश सहकारी संघले सम्मेलनमा सहभागी हुने समय थप गरेको छ । संघले यस अघि सम्मेलनमा सहभागी हुन फागुण मसान्तसम्म नाम दर्ताको समय दिएको थियो । संघले आज एक सूचना प्रकाशित गर्दै सदस्य संघ संस्थाको सहजताको लागि चैत्र ५ गतेसम्म सयम थप गरिएको जनाएको छ ।
सदस्य संघ संस्थाबाट सम्मेलनमा सहभागी हुने समय थप गर्न माग गरेकाले ५ दिनको लागि नाम दर्ताको समय थप गरिएको व्यवस्थापक रुपक घिमिरेले जानकारी दिए । प्रथम बागमती प्रदेश सम्मेलन भएकाले प्रदेश भरी रहेका सबै प्रकृतिका सहकारी संघ संस्थालाई सम्मेलनमा सहभागी गराउने लक्ष्य संघले लिएको छ । सम्मेलनमा स्थानीय , प्रदेश र संघीय सरकारका सहकारी हेर्ने निकाय समेतको सहभागीतामा नीति नियममा वहस तथा छलपल हुने छ भने सहकारी मार्फत उत्पादन भएका वस्तुहरु समेत प्रदर्शनीमा राखिने छ ।
प्रदेशमा रहेका सबै प्रकृतिका सहकारी संस्थालाई सम्मेलनमा सहभागी हुन संघले आग्रह गरेको छ । मुलुक संघियता गए पछिको पहिलो सम्मेलन भएकाले यस अघि आयोजना भएका सम्मेलन भन्दा फरक रहने संघले जनाएको छ ।
