आइतबार, कार्तिक ९ गते २०८३

नवजागरण सहकारी संस्थाले गर्यो महिला स्वास्थ्य सचेतना कार्यक्रम


फाल्गुण २८, २०८१ बुधबार
नवजागरण  सहकारी संस्थाले गर्यो महिला स्वास्थ्य सचेतना कार्यक्रम

नवजागरण बचत तथा ऋण सहकारी संस्थाले महिला स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरेको छ । संस्थाले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा महिलाहरुलाई स्वास्थ्य सचेतना सम्बन्धि जानकारीमूलक प्रशिक्षण दिनुका साथै  उनीहरुको स्वास्थ जाँच गरी आवश्यक परामर्श समेत प्रदान गरिएको थियो । उकत कार्यक्रममा संस्थामा आवद्ध महिला सदस्यहरुको उल्लेख  सहभागिता रहेको थियो ।

मन्थली नगरपालिका ७ ठेडी खोलामा महिला स्वास्थ्य सचेतना कार्यक्रम गरेको संस्थाका सहायक व्यवस्थापक रामचन्द्र बुढाथोकीले जानकारी  दिए  । कार्यक्रममा संस्थाकी सह सचिव कविता श्रेष्ठ¸ सञ्चालक सदस्य मनीषा माझी,लेखा समिति सदस्य हसना पहरी¸ महिला उपसमिति सदस्यहरू कविता सुवेदी र कविता दाहाल¸ सहायक व्यवस्थापक रामचन्द्र बुढाथोकी¸ कर्मचारी बुद्धिमाया माझी तथा स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका सहायक व्यवस्थापक बुढाथोकीले नवजागरण साकोसले गरेका गतिविधिका वारेमा जानकारी गराएका थिए । कार्यक्रममा प्रजनन स्वास्थ्य र सामाजिक प्रभाव सम्बन्धी सचेतनाका विषयमा स्वास्थ्यकर्मी लक्ष्मी कुमारी थापा तथा हसना पहरी जानकारी दिएका थिए । कार्यक्रममा १ सय २८ जनाको ब्लड प्रेसर सुगर तथा पिसाब परीक्षण गरिएको थियो । कार्यक्रम नवजागरण साकोसको महिला उपसमितिको आयोजनामा सम्पन्न भएको हो ।

a6420395-15f2-4175-bb4a-bf7a839850f0.jpg