जिल्ला सहकारी संघ लि(डिस्कोफ) काभ्रेको पाँचखाल सेवाकेन्द्र कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पाँचखाल नगरपालिकाको सभाहलमा प्रारम्भिक सहकारी संस्था र जिल्ला सहकारी संघ विच अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा संघका महिला उपाध्यक्ष एवं पाँचखाल सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक मिरा सत्यालको अध्यक्षता एवं संघका अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले संघको परिचय सहित संघले गरिरहेको कार्यक्रम, गतिविधि , सेवा सुविधा एवं संघ र प्रारम्कि सहकारीको विच हुनु पर्ने अन्तरसम्वन्धका विषयमा जानकारी गराएका थिए । साथै हाल जारी भएको अध्यादेश र नेपाल राष्ट्र बैंकले जारी गरेको मापदण्ड र यसमा आवश्यक संसोधनको लागी आएको पुर्नस्थापन विद्येयकका सम्वन्धमा समेत सो असरमा उनले जानकारी दिए । पाँचखाल नगरपालिका कृषि तथा सहकारी शाखाका प्रमुख हेमन्त पौडेलले सहकारी संस्थाहरुको लागी नेपाल सरकारबाट संचालित अनुदान र कार्यक्रमहरुका विषयमा जानकारी गराउदै यसको लाभ लिन सबैमा ध्यानाकर्षण गराए ।
साथै संघका अध्यक्ष अमन पोटे श्रेष्ठले अन्तरक्रिया आर्यक्रममा सहभागीहरुवाट उठेका जिज्ञासाहरु जवाफ दिदै सवै सहकारी संस्थाहरु निति,विधिमा चलाउदै सुशासन कायम गर्न आग्रह गरे । सहकारी संस्थाले अवको कार्य प्रविधिसँग जोडिएर कार्य गर्न र संघको कमी कमजोरी सुधार गर्दै प्राप्त सुझावहरुको छलफल गर्दै चरणवद्ध कार्यन्वय गर्दै जाने बताए । कार्यक्रमको अतिथी पाँचखाल न.पा. कृषि तथा सहकारी शाखा प्रमुख हेमन्त पौडेल संचालक समिति कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटा, संचालक सदस्य मोहन कुमार श्रेष्ठ, सुदर्शन अधिकारी , उपसमितिका सदस्यहरु, कर्मचारी र प्रारम्भिक सहकारी संस्थाका ४८ जनाको सहभागीता रहेको थियो ।
नेपालपत्र संवाददाता