आइतबार, कार्तिक ९ गते २०८३

काभ्रेमा  बजार प्रतिनिधिहरुको क्षमता अभिवृद्धि तालिम आयोजना


फाल्गुण २६, २०८१ सोमबार
काभ्रेमा  बजार प्रतिनिधिहरुको क्षमता अभिवृद्धि तालिम  आयोजना

काभ्रेमा  बजार प्रतिनिधिहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण  केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र जिल्ला बचत तथा ऋण सहकारी  संघ काभ्रेको संञ्जाल साझेदारी अन्तर्गत सहकारीको बजारमा काम गर्ने  कर्मचारीहरुलाई लक्षीत गरी क्षमता विकास तालिम आयोजना गरिएको हो ।

 संघका वरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीको सभाध्यक्षतामा  कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कपालीले तालिमको औचित्य, उद्देश्य र पृष्ठभुमि वारेमा   जानकारी  गराएका थिए । त्यसैगरी सहकारी ऐन, नियामावली र कार्यविधिमा रहेर सदस्यलाई केन्द्रमा राखि सदस्यको जिवनस्तरमा सुधार हुने कार्यक्रमहरु गरि अघि बढ्नुपर्ने  उनले बताए ।

तालिम जिल्ला बचत सघका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकाल र जिल्ला बचत संघका सहायक कार्यकारी अधिकृत रवि कुमार के।सी।बाट विषयबस्तुको बारेमा प्रशिक्षण  दिएका थिए । कार्यक्रमको सामापन सत्रमा सहभागीहरुको तर्फबाट नारीजागरण साकोसका कर्मचारी सिर्जना तिवारीले तालिमको समग्र विषयबस्तुहरु , प्रशिक्षण विधि र क्रियाकलापहरु निकै उपयोगी  रहेको बताइन् ।  

कार्यक्रमको संचालन संघका वरिष्ठ सहायक सुन्दिरा प्रधानले  गरेका थिए ।संघमा आवद्ध १९ वटा प्रारम्भिक सहकारी संस्थाहरुबाट २४ जनाको सहभागीता रहेको  थियो ।