सगुन बचत तथा ऋण सहकारी संस्थाले उद्यमी महिलाहरुलाई सम्मान गरेको छ । संस्थाको महिला उपसमितिको आयोजनामा आज ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा भएको कार्यक्रममा महिला उद्यमीहरुलाई सम्मान गरेको हो । महिला उपसमिति संयोजक बाला कुमारी थापा मगर खड्काको अध्यक्षतामा हरिवन नगरपालिकाको नगर उपप्रमुुख हरिमाया घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा जुत्ता चप्पल विक्रि वितरण गर्ने सुुमित्रा सार्की,नाम्लोडोरी विक्रि वितरण गर्ने चम्पादेबी ढुंगेल,फलफुुल विक्रि वितरण गर्ने पवनी देवी साहा, होटल व्यवसाय गर्ने सुकुमाया माझी र होटल व्यवसाय गर्ने चण्डिका मगरलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
सो अवसरमा उद्यमशिलता गरि महिला सशक्तिकरणमा सहयोग पुुर्याउने पाँच जना महिला सदस्यहरुलाई सम्मान गरिएको थियो । उक्त अवसरमा ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मुल नाराको परिवेशमा अन्तरक्रिया भएको थियो । महिला उपसमति सदस्य संगिता लामाले स्वागत मन्तव्य र सदस्य अनिता कुुमारी कर्णले शुुभकामना मन्तव्य राखेकी थिइन् ।संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले समान अधिकार र महिला सशक्तिकरण विषयमा प्रस्तुुति राखेका थिए । उक्त कार्यक्रममा महिला सशक्तिकरण सम्बन्धि रोचक भिडियो र कर्मचारी मिना कुुमार श्रेष्ठ तथा सम्झना कुुमारी दहालले स्वागत नृत्य गरेकी थिइन् । कार्यक्रम संचालन कर्मचारी शोभा न्योपानेले गरेकी थिइन्।

नेपालपत्र संवाददाता