मंगलबार, कार्तिक ११ गते २०८३

पिपुल्स साकोसको १९ औं स्थापना दिवस, एकै दिन छ कार्यक्रम आयोजना


फाल्गुण २१, २०८१ बुधबार
पिपुल्स साकोसको १९ औं स्थापना दिवस, एकै दिन छ  कार्यक्रम आयोजना


काभ्रेमा   रहेको पिपुल्स बचत तथा ऋण सहकारी संस्थाले १९ औं स्थापना दिवस मनाएको छ । स्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षतामा संस्थाका सल्लाहकार नवराज के.सी.बाट कार्यक्रमको उद्घाटन गरिएको थियो । 

 सो अवसरमा आ.व.०८०/८१ मा उत्कृष्ट बचत तथा ऋण कारोबार गर्ने सदस्यहरुलाई १० वटा विदामा ११ जना उत्कृष्ट सदस्य सम्मान गरिएको थियो । त्यसैगरी बनेपा–८, तीनदोबाटामा काभे्र रेडक्रस रक्तसंचार सेवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको र महिला ५ जना र पुरुष १८ जना गरी जम्मा २३ जनाले रक्तदान गरेका थिए ।   सोही अवसरमा संस्थाले  सदस्य शिक्षा, वित्तीय साक्षरता एवं प्रविधि साक्षरता  कार्यक्रम आयोेजना गरेको छ ।  कार्यक्रममा महिला १६ जना र पुरुष २५ जना गरी जम्मा ४१ जना सदस्य सहभागि रहेका थिए ।  

उक्त साक्षरता कार्यक्रम सहायक सागर गौतमबाट सहभागिहरुलाई सहजिकरण  गरिएको थियो भने  प्रबन्धक  नवराज सापकोटाबाट संस्थाको विविध जानकारी सहित सहकारी शिक्षा एवं वित्तीय साक्षरता प्रदान गरेका थिए ।  संस्थाले सोही अवसरमा ६ जना सदस्यलाई समवेदना राहत प्रदान गरेको छ ।  संस्थाको न्युनतम रु.१० हजार बराबरको शेयर खरिद र नियमित बचत गरेका सदस्यहरुलाई उक्त कोष मार्फत स्वयं र एकाघरको परिवारको मृत्यु भएको अवस्थामा संस्थाले राहत स्वरुप  ५ हजार प्रदान गर्दै आएको छ । आ.व.०८१÷०८२ को फागुन १५ गते सम्म प्राप्त विवरणका आधारमा राहत वितरण गरिएको थियो ।  

bw.jpg

 संस्थाले  १ जना सदस्यलाई स्वास्थ्य उपचार सहयोग रकम हस्तान्तरण  गरेको छ  । यस योजनामा सहभागी हुनका लागि सदस्यले निरन्तर बचत खाता खोली मासिक न्यूनतम रु. २ सय वा १ सयले भाग जाने रकम नियमित मासिक रुपमा जम्मा गर्दै जानुपर्ने हुन्छ । यस राहत कोषमा सहभागिताको लागि सदस्यको बचत खातामा कम्तिमा रु. १५ हजार  रहेको हुनुपर्दछ । संस्थामा सदस्यता अवधिभर सदस्य विरामी भई अस्पताल भर्ना गरी उपचार गराउँदा बढीमा एक पटकमा रु. १० हजार वा बिल बमोजिमको रकम भुक्तानी गरिने संस्थाले जनाएको छ । राहत कोषबाट उपलब्ध गराउने रकम (बढीमा ४ पटक गरी) रु. २० हजार  भन्दा बढी हुने छैन । अस्पतालमा भर्ना भई उपचार गराएको अग्रिम जानकारी संस्थामा गराउनु  पर्ने  र योजनामा आवद्ध हुने सदस्यको खाताबाट फिर्ता नहुने गरी सदस्य अवधि भर वार्षिक रु. १ सय कट्टि गरी “स्वास्थ्य उपचार राहत कोष” मा जम्मा गरिने संस्थाले जनाएको छ । 

कार्यक्रममा स्वागत मन्तव्य संचालक   कपिल प्रसाद दुलालले राखेका थिए ।  संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति, उप–समिति, कर्मचारी, शेयर सदस्य र अन्य संस्थासँग सरोकार राख्ने माहनुभावहरुको सकृय उपस्थितीमा संस्थाको मुख्य कार्यालयमा स्थापना दिवस मनाइएको संस्थाले जनाएको छ ।