राष्ट्रिय सहकारी बैंक लिमिटेड र कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालय बीच वित्तीय संस्था मार्फत प्रवाह हुने कृषि कर्जामा ब्याज अनुदान कार्यक्रम सञ्चालनार्थको लागि द्विपक्षिय सम्झौता भएको छ ।
“कृषि कर्जामा व्याज अनुदान व्यवस्थापन कार्यविधि, २०८१” बमोजिम वित्त, बैंकरवित्तीय संस्थारसहकारी संस्था मार्फत व्याज अनुदान कार्यक्रममा सहभागीताका लागि चालु आर्थिक वर्षमा ४५ करोड रुपैयाँ न्युनतम ब्याजदरमा कर्जा परिचालन गर्ने गरि सम्झौता भएको हो । हिजो मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि बैंकका तर्फबाट कोशी प्रदेश कार्यालयका प्रमुख प्रभु पोखरेल र उद्योग, कृषि तथा सहकारी मन्त्रालयको तर्फबाट महाशाखाकी प्रमुख डा. दीपा दिवालीले हस्ताक्षर गरेका छन् ।
उक्त रकम बैंकले कोशी प्रदेश अन्तर्गतका शाखाहरूबाट कोशी प्रदेशमा सञ्चालनमा रहेका १४ जिल्लाका कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाहरुमा चालु आर्थिक वर्षमा परिचालन गरिने छ ।
नेपालपत्र संवाददाता