आइतबार, कार्तिक ९ गते २०८३

अन्धकारमुक्ति सहकारीद्वारा कर्मचारीको क्षमता अभिवृद्धि तालिम आयोजना


फाल्गुण १९, २०८१ सोमबार
अन्धकारमुक्ति  सहकारीद्वारा कर्मचारीको क्षमता अभिवृद्धि तालिम  आयोजना

पाल्पाको रामपुरमा  मुख्य कार्यालय रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीहरुको क्षमता  अभिवृद्धि तालिम आयोजना गरेको छ । संस्थाले कर्मचारीहरुको क्षमता विकासका लागि दुई दिने तालिम आयोजना गरेको हो । 

संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षता  एवं  नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि।( नेफ्स्कून)की संचालक ज्ञानु पौड्यालको   प्रमुख आथित्यतामा    तालिम  सम्पन्न भएको हो  । प्रमुख अतिथि पौड्यालले समय समयमा हसियालाई धार लगाउनु परे जस्तै कर्मचारीहरुलाई पनि पुर्नताजकिकरण गर्न तालिम आवश्यक पर्ने धारणा राखिन् । तालिम तालिमका लागि मात्र नभई राम्रा कुरा व्यवहारमा ल्याउनु पर्ने  उनको धारणा छ ।

तालिममा  जन उत्थान साकोसका प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापा र राष्टि«य सहकारी बैंक लुम्विनी प्रदेश प्रमुख नारायण वेलवासेको सहजीकरण तथा प्रशिक्षण दिएका थिए ।  संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन संस्थाको ऋण अधिकृत रामचन्द्र ढुङ्गाना  गरेका थिए । कार्यक्रममा  संस्थामा कार्यरत ३३ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिम समापनको अवसरमा सहभागिहरुलाई प्रमाण प्रत्र प्रदान गरिएको थियो । 

संस्थाले यस आर्थिक बर्षको माघ मसान्तसम्म १५ करोड ८४ लाख १८ हजार शेयर पुँजी, १३ करोड जगेडा कोष , २ करोड ३३ लाख अन्य कोष र कुल संस्थागत पुँजी १४ करोड ९ लाख ९६ हजार  पुर्‍याएको छ । त्यसैगरी संस्थाले १ अर्ब २३ करोड  ४० लाख बचत संकलन गरी १ अर्ब १२ करोड ५२ लाख ऋण लगानी गरी कुल सम्पत्ति १ अर्ब ६६ करोड ८८ लाख  रहेको छ । संस्थामा ११ हजार २ सय ७३ सदस्य आवद्ध रहेका छन् ।