मंगलबार, कार्तिक ११ गते २०८३

वित्तीय साक्षरता दिने उदेश्यले सगुन सहकारीद्वारा बाल सदस्य भेलाको आयोजना


फाल्गुण १७, २०८१ शनिबार
वित्तीय साक्षरता दिने उदेश्यले सगुन सहकारीद्वारा बाल सदस्य भेलाको आयोजना

सगुन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बाल भेला २०८१ सम्पन्न भएको छ । १ सय १० जना बाल बचत कर्ताहरुको उपस्थितिमा मिठो खाने कुराको परिकार र रमाइला  कार्यक्रम सहित बाल बचत कर्ताहरुको भेला सम्पन्न भएको हो । संस्थाको अध्यक्ष  केशव प्रसाद ढकालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपाध्यक्ष  राज कुमार उप्रेती  र कोषाध्यक्ष  मोक्तानले कार्यक्रमको औचित्य सहित स्वागत  गरेका थिए । 

 उक्त कार्यक्रममा बाल बालिकाहरुको लागी वित्तीय शिक्षा दिने उदेश्यले ‘सगुनको बचत यात्रा’भन्ने नाटक मञ्चन गरिएको थियो । उक्त नाटकको माध्यमबाट बचत किन गर्नुपर्दछ ? सगुनमा बाल बचत खाता खोल्दा के के फाईदा हुन्छ भन्ने बिषयमा जानकारी गराईएको थियो । उक्त अवरमा भएको बाल बालिकाहरुको रमाईलो नृत्य प्रतियोगितामा   रिजु पोखरेल प्रथम,  ईभान्स बाईवा द्धितिय , एन्जिला घिमिरे  र मिनसाङ लामा तृतिय  भएका थिए । रमाईलो म्युजिकल चियर प्रतियोगितामा  आर बि थापा प्रथम,  नारायणी बराल द्धितिय र  श्रीजल खड्का तृतिय भएका थिए। बालबालिकाको रमाईलो चम्चा दौड प्रतियोगितामा पुरुष तर्फ   प्रबित थापा प्रथम,  कविर जंग थापाद्धितिय ,  शिश लुईटेल तृतिय र महिला तर्फ  अनिशा कुमारी महतो प्रथम ,  एजलिन घिमिरेद्धितिय र एलिका कार्की तृतिय भएका थिए ।  

रमाइलो घैला फोर प्रतियोगितामा र्सजल खड्का घैला फोड्न सफल भएका थिए । त्यसका साथै रमाईलो सामुहिक रुपमा बालिकाहरुको दोरी तान प्रतियोगिता र बालकहरुको दोरी तान प्रतियोगिता र सामुहिक रुपमा सामान्य ज्ञान प्रतियोगिता कार्यक्रम  सम्पन्न गरिएको थियो । कार्यक्रमको उदेश्य बालबालिकाहरुलाई बचत कार्यक्रममा सहभागिताको साथै बचत गर्ने बानीको निरन्तर बिकास गर्न उत्तप्रेरित गर्न रहेको संस्थाको अध्यक्ष केशव प्रसाद ढकालले बताए । त्यसैगरी  कार्यक्रम संचालन सचिव  बिनोद कार्कीले गरेका थिए । उक्त कार्यक्रममा संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजक जय शंकर सिंह, संचालहरु  हरि प्रसाद पुडासैनी,  टिकाजंग थापा, मुखचन्द्र महतो , बाला कुमारी थापा खड्का तथा  सल्लाहकार समिति सदस्य  तारा पोखरेल,  पुनमा पाख्रिन र संस्थाको प्रवन्धक  रविन्द्र राना लगायतको सहभागिता रहेको थियो ।

481121751_1167344808294931_684099029954752126_n.jpg