जनमुखी बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरेको छ । कर्मचारीको क्षमता अभिवृद्धि गरी सदस्यहरुलाई प्रभावकारी र गुणस्तरिय सेवा प्रदान गर्ने उदेश्यका साथ संस्थाले सो कार्यक्रम आयोजना गरेको हो । संस्थालाई सवल बनाउन र सदस्यहरुलाई प्रभावकारी सेवा दिन कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
कर्मचारी दक्ष भए भने मात्र सदस्यहरुले चाहेको सेवा प्रदान गर्न सक्छन् । सोही कुरालाई आत्मसात गर्दै संस्थाले उक्त तालिमको आयोजना गरेको जनाएको छ । संस्थाका अध्यक्ष माधवप्रसाद दहालको अध्यक्षतामा मुख्य कार्यालय मैनापोखरीमा दुई दिने दिने कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो । जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद शर्माले प्रमुख आतिथिको रुपमा बोल्दै सिकेका कुरालाई व्यवहारमा लागू गर्न आग्रह गरे ।
संस्थाका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको उक्त तालिमको सहजीकरण बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) का प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले गरेका थिए । उनले सहभागिहरुलाई सहकारीको व्यवहारिक तथा सैद्धान्तिक ज्ञान दिएका थिए ।

नेपालपत्र संवाददाता