शुक्रबार, कार्तिक ७ गते २०८३

अध्यादेश समुदाय केन्द्रीत सहकारी अनुकुल संशोधन गर्न अध्यक्ष लाखाजुको माग

फाल्गुण ११, २०८१ आइतबार
अध्यादेश समुदाय केन्द्रीत सहकारी अनुकुल संशोधन गर्न अध्यक्ष लाखाजुको माग


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले समीक्षा बैठकको अध्यक्षता गर्दै संघले वर्तमान  अवस्थामा सरकारले जारी गरेको सहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थालाई जारी निर्देशन तथा मापदण्डमा समुदाय केन्द्रीत सहकारी अनुकुल संशोधन हुने विश्वास व्यक्त गरे । उनले जारी अध्यादेशमा भएको व्यवस्था पालनामा योजना बनाएर कार्यान्वयन गर्न लाग्नु पर्ने जनाए । अध्यक्ष लाखाजुले  संघको पाउनुपर्ने अग्रिम व्याजकर फिर्ताका लागि पहल गर्ने, संघको नियमित बचत र शेयर पँुजी बृद्धि गर्नुपर्नेमा जोड दिए ।

संघका उपाध्यक्ष हरि कृष्ण बल्लले संघले सहकारी सुशान, वित्तीय अनुशान र अभियानको समीक्षा गर्नुपर्ने बताए । सचिव जगनाथ प्रजापतिले संघको कार्यक्रम प्रगतिबारेमा समीक्षा प्रस्तुत गर्दै कार्यक्रम प्रगतिका लागि उपसमितिहरुको बैठक बसी क्रियाशिल हुनुपर्ने बताए  । कोषाध्यक्ष कान्छा भक्त घजुले २०८१ पुष मसान्तसम्ममा प्राप्त वित्तीय प्रगतिको समीक्षा प्रस्तुत गरे । उनले २०८१ पुष मसान्तसम्ममा लक्ष्यमा २०३ प्रतिशत उपलब्धी हासिल भई कुल वासलात ३ अर्ब ८१ करोड  र ३ करोड ५ लाख नाफा गर्न सकेको प्रगति विवरण प्रस्तुत गरेका थिए । संघका लेखा सुपरिवेक्षण समितिका सदस्य श्रीप्रसाद त्यातले संघ यस बर्ष बागमती प्रोस्कून, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकबाट उत्कृट संघबाट पुरस्कृत हुन सफल भएकोमा बधाई तथा धन्यवाद दिदैं संघमा सूचना प्रवाहको छुटै कक्ष तथा जनशक्ति व्यवस्थापनको आवश्यकता औल्याए । उनले प्रस्तुत कार्यक्रम प्रगति प्रतिवेदनमा व्याख्यात्मक टिप्पणी गरी प्रश्रट्याएका थिए ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संघको प्राथमिक पुँजी कोष बृद्धि गर्न जगेडा कोेष र शेयर पुँजी बृद्धिमा जोड दिएको बताए ।७ प्रतिशत व्याजदरमा नै  संघले ५ बर्षको लागि मासिक किस्ताबन्दी ऋण लगानी गरिरहेकोले सदस्य संस्थाहरुले सेवाको लाभ उपभोग आग्रह गरे । उनले वित्तीय बजारमा अधिक तरलता रहेको अवस्थामा संघले वित्तीय लगानी मार्फत वित्तको व्यवस्थापन गरेको जनाए । समीक्षामा संघको समिति, उपसमिति र कर्मचारी गरी ३७ जनाको उपस्थिति रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता