आइतबार, कार्तिक ९ गते २०८३

एकीकृत फ्रेण्डसिप सहकारीद्वारा वित्तीय साक्षरतालाई अभियानकै रुपमा सञ्चालन


फाल्गुण ९, २०८१ शुक्रबार
एकीकृत फ्रेण्डसिप सहकारीद्वारा वित्तीय साक्षरतालाई अभियानकै रुपमा सञ्चालन

एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले वित्तीय साक्षरता कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको छ । संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका सदस्य र सामुदायिक विधालयमा अध्ययनर विधार्थीहरुलाई  लक्षित गरी संस्थाले विस्तारित मञ्च तथा वित्तीय साक्षरता कार्यक्रम गर्दै आएको छ ।

यस आर्थिक बर्षमा मात्रै संस्थाले थुप्रै ठाउँमा उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यसै क्रममा  संस्थाको वार्षिक कार्ययोजना  अनुसार मुख्य कार्यालयको आयोजनामा  उमाकुण्ड गा.पा. वडा नं. २, बाम्ती भण्डार, स्थित सिद्धेश्वर माध्यमिक विद्यालयको सभाहलमा “विस्तारित मञ्च तथा वित्तीय साक्षरता कार्यक्रम” सम्पन्न गरेको छ ।  

सिद्धेश्वर शिक्षा क्याम्पस प्रमुख  जगदिश बस्नेत र सिद्धेश्वर माध्यमिक विद्यालयका प्र.अ. निर्मल प्रसाद त्रिपाठीको आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएको हो । वित्तीय साक्षरता अन्तर्गत सहकारीको परिचय, बचत तथा ऋण, संस्थाले प्रदान गरिरहेको सेवा सुविधा तथा प्रविधि साक्षरता, सहकारीमा कसरी समस्या आउँछन, सुरक्षित सहकारी कसरी चिन्ने र संस्थाको वित्तीय र सुशासनको अवस्था लगायतका विषयहरुमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले प्रस्तुतीकरण  गरेका थिए ।  

कार्यक्रम संचालन संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत  रामबहादुर खत्रीले गरेका थिए । कार्यक्रममा सदस्यहरुले संस्था मार्फत प्रदान गर्दै आएका सेवा सुविधाहरु विस्तार गरी उमाकुण्ड गा.पा. को वडा नं. १, २ र ३ को बाम्ती भण्डारमा  सेवा कार्यालय स्थापना गरी सेवा दिन माग गरेका थिए ।  सदस्यहरुले राखेको जिज्ञासाका बारेमा सो अवसरमा सिइओ क्षेत्रीले प्रष्ट पारेका थिए ।   उक्त कार्यक्रममा संस्थाको ठोसे सेवाकेन्द्र प्रमुख सहित अन्य ६३ जना सदस्यहरुको उपस्थिति रहेको थियो ।