भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव एवम् राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष अर्जुन प्रसाद पोखरेल एशियाली सहकारी नियमन अलायन्स (आक्रा) को अध्यक्षमा निर्वाचित भएका छन् । एशियाली ऋण महासंघ (अकू) को आयोजनामा थाइल्याण्डको राजधानी बैंककमा जारी आक्राको आठौं सम्मेलनले पोखरेललाई सर्वसम्मत् अध्यक्ष चएन गरेको हो ।
अकूको पहलमा सन् २००३ मा गठित आक्राको नेपाल पहिलो पटक अध्यक्ष निर्वाचित भएको हो । आक्राको नयाँ कार्य समितिमा उपाध्यक्ष अल्तानतुल सोग्साईखान (मंगोलिया), सचिव अलेक्जेण्डर वि राकेपो (फिलिपिन्स), कोषाध्यक्ष बुन्यारात आथानरोनारित थाइल्याण्ड चुनिएको छ भने पदेन सदस्य सचिवमा इलेनिता भिसानरोके, प्रमुख कार्यकारी अधिकृत (अकू) रहेका छन् । नेपालको साकोस अभियानमात्र नभई सम्पूर्ण सहकारी क्षेत्रकै लागि ठूलो उपलब्धि भएको नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
यो फोरममार्फत एशिया प्रशान्त क्षेत्रीय मुलुकहरुको सहकारी नियमनका असल अभ्यासहरुबारे छलफल गर्न, सिकाइ र बुझाइलाई परिस्कृत गर्न र भविष्यमा नेपालको सहकारी तथा साकोस अभियानलाई अझ उन्नत दिगो र व्यावसायिक बनाउने आधारहरु तयार हुने विश्वास आफूले लिएको उनको भनाई छ ।
नेपालपत्र संवाददाता