बुधबार, भाद्र ३ गते २०८३

बिमा प्राधिकरणको अध्यक्षको लागि पाँच जना सर्टलिस्टमा


फाल्गुण ५, २०८१ सोमबार
बिमा प्राधिकरणको अध्यक्षको लागि पाँच जना सर्टलिस्टमा


 नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि  ५ जना सर्टलिस्टमा परेका छन् । बिमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाले आवेदन दिएको भए पनि
अध्यक्ष छनोट समितिले कमल प्रसाद रेग्मी, शरद ओझा,चिरञ्जीवी चापागाईं, दामोदर बसौला र रामशरण पुडाशैनीलाई अन्तर्वार्तामा बोलाएको हो ।

प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई अख्तियार दुरुपयोग अुनसन्धान आयोगले नागरिकता सम्बन्धी कसुरमा मुद्दा दायर गरेपछि प्राधिकरणमा अध्यक्ष पद रिक्त छ । सरकारले पुस २६ गते अध्यक्षका लागि १५ दिनको समय दिएर अध्यक्षका लागि आवेदन खुलाएको थियो ।

अध्यक्ष छनोट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा। डा। शिवराज अधिकारीको संयोजकत्वमा अर्थसचिव र ज्योतिचन्द्र ओझा सदस्य रहेका छन् ।