आइतबार, कार्तिक ९ गते २०८३

सगुन सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब ६५ करोड नाघ्यो


फाल्गुण ५, २०८१ सोमबार
सगुन सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब ६५ करोड नाघ्यो


सर्लाहीको हरिवनमा मुख्य कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले माघ महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले प्रकाशित गरेको विवरण अनुसार शेयर पुँजी १५ करोड १ लाख ९० हजार, जगेडा कोष १३ करोड १९ लाख २८ हजार र संस्थागत पुँजी १३ करोड ८२ लाख ८६ हजार रहेको छ ।

त्यसैगरी संस्थाको अन्य कोषहरुमा ५२ लाख ६८ हजार, बचत संकलन १ अर्ब २६ करोड ५८ लाख ४४ हजार, ऋण लगानी १ अर्ब १७ करोड ५७ लाख गरी कुल सम्पत्ति १ अर्ब ६५ करोड ८७ लाख पुगेको छ । संस्थाका प्रबन्धक रविन्द्र राणाले हस्ताक्षर गरेको उक्त वित्तीय विवरणमा तरलता रकम २७.९४ प्रतिशत अर्थात ३५ करोड ३७ लाख ८५ हजार रहेको छ । १३ हजार ४०६ जना शेयर सदस्य रहेको उक्त संस्थामा ८ हजार २२५ महिला र ४ हजार ९८७ पुरुप सदस्य रहेका छन् । संस्थाबाट १ हजार ६७७ जना सदस्यले ऋण सुविधा लिएका छन् ।

संस्था मधेश प्रदेशकै उत्कृष्ट संस्थाको रुपमा स्थापित भएको छ भने सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा संस्थाले उल्लेख भूमिका खेल्दै आएको जनाएको छ । संस्थामा पुरुषको तुलनामा महिला सदस्यहरुको सहभागिता दोब्बर रहेको छ । संस्थाले सदस्यहरुको लागि विभिन्न राहत कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।