मंगलबार, कार्तिक ११ गते २०८३

श्री मनकामना सहकारीको आयोजनामा नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम आयोजना


फाल्गुण ५, २०८१ सोमबार
श्री मनकामना सहकारीको आयोजनामा  नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम आयोजना

 श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाले  महिला उपसमितिको आयोजनामा महिला नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम  आायेजना गरेको छ । महिला उपसमिति संयोजक सुधा काफ्ले दाहालको सभापतित्व र बनेपा नगरपालिकाका उप प्रमुख विमला सापकोटा दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम आायेजना गरिएको थियोे ।

संस्थाको समग्र पक्षका बारेमा प्रमुख कार्यकारी अधिकृत  राजकुमार दाहाल प्रकाश पारेका थिए ।महिला नेतृत्व र क्षमता विकासको आवश्यकता विषयमा प्रशिक्षक नम्रता थापाले दिएकी थिइन् ।  त्यसै गरी महिला स्वास्थ्य र सुरक्षाको आवश्यकता भन्ने विषयमा स्वास्थ्य कर्मी सुविना कारन्जित र सविता देउलाले प्रकाश  पारेका थिए ।  त्यसैगरी बनेपा नगरपालिकाले सञ्चालन गरेका क्षमता अभिबृद्धि र उद्यमशिलता विकास कार्यक्रमका सम्बन्धमा बनेपा नगरपालिकाका महिला शाखाका प्रतिनिधि सपना वलीले प्रस्ट पारेकी थिइन् ।  

कार्यक्रममा ७३ जना महिला शेयर सदस्य उपस्थित रहेको थियो ।  कार्यक्रममा  संस्थाका अध्यक्ष गोपाल प्रसाद घिमिरे, सल्लाहकार बालकृष्ण दाहाल र राजकुमार हुमागाईँ, उपाध्यक्ष विदुर प्रसाद घिमिरे, सचिव नवराज आचार्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थितिमा रहेको  थियो ।