दक्षिण अमेरिकी राष्ट्र उरुग्वेका पूर्ब राष्ट्रपति जोस मुजिका सादा जीवन र उच्च बिचारका कुनै तामझाम नगर्ने गरीब किसान जस्तै छन् । उनलाई नचिन्ने कसैले पनि पहिलो पटक भेट्यो भने उनी राष्ट्रपति होलान् भनेर अनुमानसम्म पनि गर्न सक्तैन । 'क्यूवाली क्रान्ति' को भट्टीमा खारिएका जोसमा बारेका के भनिन्छ भने उनी देशका र्सब साधारण नागरिकले जस्तै जीवन जिउन मन पराउँदछन् । यो केवल उनले सस्तो लोकप्रियताका लागि र देखाउनका लागि गरेको प्रचार होइन, जीवन्त वास्तविकता हो । यस सम्वन्धमा केही बर्ष पहिला उनको दैनिक जीवन चर्याका केही तस्वीरहरु प्रकाशमा आएका थिए। ती तस्वीरले वास्तबिकता बोल्छन् । उनी आफ्नो स्वास्थ्योपचारको निम्ति अरु सर्बसाधारण नागरिकले जस्तै आफ्नो पालो कुरेर लाम लागेको तस्वीर
त्यतिबेला प्रकाशमा आएका थिए । त्यसमा उनी एउटा सरकारी अस्पतालमा आफ्नो उपचारको निमित्त डाक्टर भेट्ने पालो कुरेर बसेको देखाइएको छ ।
त्यतिबेला प्रकाशमा आएका थिए । त्यसमा उनी एउटा सरकारी अस्पतालमा आफ्नो उपचारको निमित्त डाक्टर भेट्ने पालो कुरेर बसेको देखाइएको छ ।
भनिएको थियो कि यो उनीमाथि उरुग्वे सरकारले कुनै करकाप गरेर या प्रतिबन्ध लगाएर जबर्जस्ती गरिएको कुनै बिषय बिल्कुलै होइन । राष्ट्रपति जोस नै आफुखुशी यस्तै जीवन बिताउन चाहन्छन् ।उनी जे बोल्छन् त्यही गरेर देखाउने कुरामा बिश्वास गर्दछन् । उनले उरुग्वे सरकारले दिएको भब्य भवनलाई अस्वीकार गर्दै आफ्नी पत्नीको सानो फार्म हाउस अर्थात कृषि फार्ममा बस्ने उनले संकल्प गरे, जुन फार्म हाउस् उरुग्वेको राजधानी मान्तेभिडियो नजिकै रहेको छ ।यस फार्म हाउसमा अन्य र्सबसाधारण किसानले जस्तै फूल खेती लगाउने गरिन्छ ।

सुरक्षाको नाममा उनले दुइजना पुलिस अधिकारी पाएका छन् । यसका अतिरिक्त उनको त्यो साधारण कृषि फार्ममा म्यानुएला नामको तीन खुट्टे एउटा कुकुर छ । यतिमै राष्ट्रपति जोस आफुलाई पूर्ण सुरक्षित महसुश गर्दछन् । बिश्वका सबैभन्दा गरीब राष्ट्रपतिको रुपमा प्रसिद्ध जोस भन्दछन् - 'सम्भव छ कि म पागल र सनकी जस्तो देखिउँला, यो हेर्नेहरुको आ-आफ्नो दृष्टिकोण हो' । राष्ट्रपति जोस आफुले पाउने तलबको ९० प्रतिशत दान प्रदान गर्ने गर्दछन् ।यस सम्वन्धमा उनी भन्दछन् -'मसँग जे छ त्यसले मेरो जीवन गुजारा भइहाल्छ' ।

जोस 'क्यूवा क्रान्ति' बाट निस्केका नेता हुन् । उनी २००९ मा उरुग्वेका राष्ट्रपति निर्वाचित भए । उनी १९६० र १९७० को दशकमा उनी उरुग्वेमा चलेको गुरिल्ला संघर्षका सबैभन्दा ठूला नेता थिए । उनले त्यस क्रममा आफ्नो छातीमा ६ पटक गोली पनि लाग्यो । उनी संघर्षको क्रममा १४ बर्षम्म जेल पनि बसेका हुन् । १९८५ देशमा लोकतन्त्रको बहाली भए पछि मात्र उनी जेलबाट रिहा भएका हुन् ।
जोस निर्धक्क भन्छन् - मलाई सबैभन्दा गरीब राष्ट्रपति भनिन्छ, तर के मान्दछु भने म गरीब छैन । गरीब त ती हुन् जसले आफ्नो पूरा जीवन खर्चिलो जीवन शैलीका लागि काम गर्दै बिताउने गर्दछन् र बढीभन्दाबढी कमाउने इच्छा राख्दछन् । मेरो निम्ति मूल बिषय स्वतन्त्रताको हो । तपाईलाई त्यत्ति धेरै आवश्यकता छैन भने जीवन भर काम गरिरहनुको पनि कुनै मतलब हुदैन''