आइतबार, कार्तिक ९ गते २०८३

बंगलामुखी सहकारीको अर्धवार्षिक समिक्षा गोष्ठी, १ अर्ब ४५ करोड कुल सम्पत्ति पुर्‍याउन सफल


माघ २९, २०८१ मंगलबार
बंगलामुखी सहकारीको अर्धवार्षिक समिक्षा गोष्ठी, १ अर्ब ४५ करोड कुल सम्पत्ति पुर्‍याउन सफल


बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष मोहन कृष्ण श्रेष्ठको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत जगत कृष्ण श्रेष्ठले आर्थिक बर्ष २०८१/८२ को पौष मसान्तसम्म संस्थाले गरेको समग्र वित्तीय कारोबारको बारेमा जानकारी गराएका थिए । संस्थाका सचिव बाल कृष्ण श्रेष्ठले सञ्चालन गरेको कार्यक्रमा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र कर्मचारीहरुको उपस्थिती रहेको थियो । संस्थाले यस आर्थिक बर्षको पौष मसान्तसम्म १४ करोड ५३ लाख २४ हजार शेयर पुँजी, ३ करोड ६३ लाख ६१ हजार जगेडा कोष, ३ करोड ९७ लाख ९७ हजार संस्थागत पुँजी र ३ करोड ६२ लाख ८६ हजार अन्य कोषमा पुन्याएको छ ।

संस्थाले १ अर्ब ११ करोड ७२ लाख बचत संकलन गरी १ अर्ब ८ करोड ४५ लाख ऋण लगानी गरेको छ । संस्थामा ३ हजार ५९४ जना सदस्य आवद्ध रहेका छन् भने संस्थाको कुल सम्पत्ति १ अर्ब ४५ करोड १६ लाख  २६ हजार पुगेको छ । संस्थाबाट ४६५ जनाले ऋण लिएर व्यापार तथा व्यवसाय गर्दै आएका छन् । संस्थामा पौष मसान्तसम्म १९.१८ प्रतिशत अर्थात २१ करोड ४३ लाख ३२ हजार तरलता रकम रहेको छ । 

476741359_10227776704627251_7089789325763852581_n.jpg